Logo

२०८३, आश्विन १०गते


images
images

नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पसद्वारा क्याम्पसलाई ध्यानाकर्षण

नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पसद्वारा क्याम्पसलाई ध्यानाकर्षण

images
  • नेविसंघ रेसुङ्गा बहुमुखी क्याम्पसद्वारा क्याम्पसलाई ध्यानाकर्षण
    images
    images

    अनिष पन्थी,गुल्मी। नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस इकाइ समिती तम्घास गुल्मीले आज क्याम्पसको विविध बिषयबस्तुमा ध्यानाकर्षण पत्र बुझाएको छ। इकाई समितिले यस क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि का लागि निरन्तर रुपमा आवाज उठाउँदै आएको अवगत गराउदै ध्यानाकर्षण पत्र बुझाएको हो ।

    images
    images
    images

    क्याम्पस प्रशासनद्वारा गरिने गतिविधिहरूमा हानी रचनात्मक सहयोग प्राप्त भई रहेको समेत यहाँलाई महशुस समेत भएको छ रेसुङ्गा बहुमुखी क्याम्पसको ईतिहास नै गुल्मी जिल्लाको उच्च शिक्षाको ईतिहास हो भन्दा अतियुक्ति हुँदैन । देश जॉन मथा राष्ट्र सेवामा समर्पित असंख्य जनशक्ति उत्पादन गरिसकेको हाम्रो प्यारो क्याम्पस क्यु ए ए सर्टिफाइड भएकोमा हामी हर्षित एव गौरवान्वित नै छौ । क्याम्पसको स्तरोन्नति हुदै जानु तर विद्यार्थी संख्या क्रमिक रुपमा घट्नुमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छौ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

    images
    images
    images

    क्याम्पसको भौतिक अवस्थाना सुधार भएता पाने शैक्षिक अवस्थामा अझै यथेष्ठ सुधार भएको अनुभुति नपाइएको तर्फ पनि ध्यानाकर्षण गराइएको छ। चमेना गृह शिघ्र सञ्चालन गर्नु पर्ने, गुणस्तरीय खेलकुद सामाग्री उपलब्ध गराउनु पर्ने,शौचालयको सरसफाइ र उचित व्यवधापन गर्नु पर्ने, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नु पर्ने, राता बती विस्थापित गरी सेता बत्ती राख्नु पर्ने, प्रविधिलाई मध्यनजर गर्दै प्रत्येक कक्षामा स्मार्ट बोर्डको व्यवस्था गर्ने र भएकालाई योइंहरू शिध रुपमा सञ्चालन गर्नु पर्ने ,पुस्तकालयबाट लिइएका पुस्तकको समयावधि धप गरी कम्तिमा १ महिना सञ्चालन गर्न पाउनु पर्ने, सवारी साधन पार्किडको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको छ।

    images
    images
    images

    ध्यानाकर्षण पत्र नेविसंघ रेसुङा क्याम्पस इकाई सभापति पुनाराम घिमिरेले क्याम्पस प्रमुख हरि बहादुर खत्रीलाई बुझाउनु भएको थियो । नेपाल बिद्यार्थी संघ बिबिएस बिए प्रथम बर्षका विद्यार्थीको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।