Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एकै ठाउँ उभिन जरुरी : एमाले महासचिव पोखरेल

राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एकै ठाउँ उभिन जरुरी : एमाले महासचिव पोखरेल

images
  • राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एकै ठाउँ उभिन जरुरी : एमाले महासचिव पोखरेल
    images
    images

    काठमाडौं, नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको मामिलामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनु जरुरी रहेको बताएका छन् ।

    images
    images
    images

     

    images
    images
    images

    आइतबार नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालका राजनीतिक दलहरु राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय स्वाभिमानको मामिलामा एकै ठाउँमा उभिनु जरुरी रहेको बताएका हुन् । 

    images
    images
    images

     

    उनले नेपालको परराष्ट्रनीति राष्ट्रिय स्वार्थको आधारमा बन्नुपर्ने बताए । राष्ट्रियताको विषयमा राजनीतिक दलहरु विभाजित भएमा विदेशी शक्तिहरु नेपालको राजनीतिमा खेल्ने उनले उल्लेख गरे ।

     

    महासचिव पोखरेलले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एउटै म्याण्डेडको आधारमा जनादेश प्राप्त गरेपनि जनादेशको रक्षा गर्न नसकी जनादेश खण्डित भएको बताए । 

     

    जनादेश खण्डित भएको अवस्थामा ताजा जनादेशमा जानुपर्ने भन्दै उनले एमालेले जनादेशमा जाने कुरा गर्दा प्रतिगमनको लेपन लगाइएको बताए । जनतामा जानेकुरा प्रतिगमन नभएको उनले प्रष्ट पारे ।

     

    उनले नेपालका राजनीतिक दलहरु अधिकारको सम्बन्धमा मिल्ने गरेको भएपनि देशको आर्थिक, सामाजिक मुद्धामा भने मिल्न नसकेको बताए । अब सबै राजनीतिक दलहरु आर्थिक, सामाजिक मुद्धामा केन्द्रीत हुनुपर्ने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।