Logo

२०८३, आश्विन १०गते


images
images

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार

images
  • प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार
    images
    images

    दाङ। घोराही कारागारमा कैद भुक्तान गरिरहेका कैदी प्रहरीकै मोटरसाईकल लिएर भागेका छन्। बन्दीका ‘नाईके’ समेत रहेका यमराज परियार प्रहरीको मोटरसाईकलसहित फरार भएका हुन् ।

    images
    images
    images

    छालामा समस्या भएको भन्दै उपचारको ‘बहाना’ मा प्रहरी जवान धनवहादुर चौधरीको मोटरसाईकल चढेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुगेका परियारी अस्पताल परिसरबाट फरार भएका हुन् । कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोग्दै आएका परियारले लगेको प्रहरीको मोटरसाईकलसमेत फेला पर्न सकेको छैन्।

    images
    images
    images

    परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।