Logo

२०८३, आश्विन ९गते


images
images

युवामत

अबको राजनितीक दल र नेता कस्तो हुनुपर्दछ ?

अबको राजनितीक दल र नेता कस्तो हुनुपर्दछ ?

images
  • सेतोमसी सहकर्मी
  • अबको राजनितीक दल र नेता कस्तो हुनुपर्दछ ?
    images
    images

    हाम्रो देश नेपाल बिकासोन्मुख देश हो भनेर हामी पढ्दै आइरहेका छौ । अब कति औं पुस्तासम्म गरिब मुलुक, बिकासोन्मुख देश भनेर पढ्ने त?  यसको दोष  कसलाई जान्छ त ? यी प्रश्नको उत्तर खोज्ने हाम्रै पुस्ताले हो । देश गरिब बनाउने नेता त पक्कै हैनन होला ?  यी र यस्ता कुराहरु चोक र चिया चौतारीतिर खुबै सुन्ने गरेको पाइन्छ । अझ खुलेरै कुरा गर्ने हो भने त सबै भन्दा देशको चिन्ता त चिया गफमा पो हुन्छ त । साच्चै भन्ने हो भने समाज र सिङ्गो रास्ट्रको मुहार फेर्ने भनेकै नेताहरुले हो । यस देशमा भएका सवै राजनीतिक दलका आआफ्नै सिद्धान्त छन जसले देशकै ठूलो परिवर्तन गर्ने हामी हौ । हाम्रो भविश्यको गन्तब्य यो हो भनेर गफ लगाउछन तर युवाको भविष्य सधै अध्यारोमा रोमलिएको त कसले देख्ने ? स्वयं आफैले त देख्दैन उ नै ठुलै राजनितिक परिवर्तनको  सपना बोकेर हिडेको हुन्छ र अन्त्यमा आफ्ना ती अधुरा सपना पूरा  गर्न अन्तिममा अर्काको देशमा पसिना बगाउन जान पर्ने बाध्यता रहेको छ । 

    images
    images
    images


    अबको राजनिती कस्तो हुनुपर्छ ? 

    images
    images
    images


    देशमा यी राजनीतिक दलले  चुनाबको बेलामा आफुनै रित्तिने गरि पैसा बाडेको देखिन्छ यो बिकृतीले गर्दा उ हार्यो भने सडकमा हुन्छ जित्यो भने शतप्रतिशत भ्रस्टाचार नै गरेर असुलउपर गरिहाल्छ । भोट माग्न जादा बोलचाल राम्रै हुन्छ र जितेपछी तालपरे उसले चिन्दैन । यदि हार्यो भने यसले भोट दिएन भनेर रिसराग राखिरहेको हुन्छ । कोर्के आखाले हेर्छ । तसर्थ अवका राजनीतिक दलले यो समाजवाद फल्नो वाद भन्न छोडेर आफ्नो देश बिकासको निश्चित एजेन्डा केके छन ? समाजले के खोजिरहेको छ ? आफुले गर्न सक्ने कुरा मत्र घोषणा पत्रमा सार्वजनिक गर्ने  र अगुवा कर्याकर्ता भेला गर्नुको सट्टा सवै जनतालाई एकै ठाउमा बोलाएर सवै राजनितीक दलका नेताले आआफ्ना आगामी ५ वर्षका एजेन्डा प्रस्तुत गर्ने गरेमा जनताले एजेन्डाका आधारमा मत प्रकट गर्ने थिए । मैत्रीपुर्ण सभा भेला हुन्थ्यो खर्च कम हुन्थ्यो र असली सामाजिक पेसा बन्थ्यो राजनीति होइन ? 

    images
    images
    images


    नेता कस्तो हुनुपर्छ ? 


    देशको चिन्ता गर्ने नेता धेरै देखियो तर  युवा , स्वास्थ,  शिक्षाको चिन्ता गर्ने नेता फिटिक्कै देखिएन बरु  हामी सङ्गै मरासिनी होटलमा  चिया खाने दाइहरु  भगत सिं खड्का सुदर्शन खनाल , निरोज मरासिनी , झबिन्द्र पाण्डे, तोमलाल पन्थीलगायतलाई खुबै चिन्ता लाग्छ । हामी पनि एउटा नेता बन्ने लाइनमा भएर हो कि खुबै चिन्ता लाग्छ । म नै यो फिल्ड छोडे भने त सर्वश्व  डुब्छ जस्तै लाग्छ । अवका नेता या युवा सहि बिचार सहि र दुर दृस्टी भएको हुनुपर्दछ । मानबिय संसाधन शिक्षा र स्वास्थमा लगानी गर्ने, प्रोत्साहित गर्ने हुनुपर्दछ । 


    बाटो खन्ने पुल बनाउने र बिद्दुतका पोल गाड्ने मात्रै बिकास हैन है भन्ने चेतको हुनुपर्दछ । अब नेता बन्नाका लागि जेलनेल खाने, आन्दोलन गर्ने , ढुङ्गामुडा हान्ने इतिहासमा यस्तो गरे भनेर हुनेवाला छैन  आफ्नो भिजन देखाएर र क्षमता प्रदर्शन गरेर बन्ने हो । सिनियर जुनियर भन्ने शब्द हटाउन पर्छ । नेतृत्व गर्न सक्ने अब्बल क्षेमता भएको नै नेता हो । एउटा २० वर्ष बूढो हात्तीलाई पनि १० बर्षको माउतेले सहि बाटो निर्देश गरि हिडाल्छ भने उ सहि नेतृत्वकर्ता ठहरीन्छ  । 


    कुनै नेता सवै कुराले सिनियर छ तर न नेतृत्व गर्न सक्छ न अरुलाई नेतृत्व गर्न दिन्छ त्यस्ताले नै नेतृत्व गर्दा  राजनिती क्षेत्र नै भद्रगोल बन्न पुगेको छ । अबको नेतृत्व त ३० देखि ५० उमेर समुहकाले गर्ने त्यहा भन्दा माथीको उमेर भएकाले सल्लाह दिने त्यहा भन्दा मुनिकाले पढ्ने र रोजगार बन्ने । फेरि त्यो नेतृत्व गर्ने उमेरले पनि रोजगारी तथा केही ब्यबसाय  त गर्नै पर्छ ।  लेखक :  राेशन सिंह ठकुरी नेविसंघ गुल्मी जिल्ला सहसचिव हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।