गुल्मी। गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर–४ निवासी ३० वर्षका मोटरसाइकल चालक पदम ढेगा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
दुर्घटनामा मोटरसाइकलमा सवार ३३ वर्षका धनबहादुर ढेगामगर घाइते भएको प्रहरीले जनाएको छ । बिहिवार बेलुकी बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४५२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका ढेगाको श्रृङ्गा स्वास्थ चौकिमा प्राथामिक उपचारको क्रममा मृत्यु भएको पाण्डेले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology