काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापाले नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई जीवनको उत्तरार्धमा कांग्रेस परस्त र गुटफुटको राजनीति गर्नुभन्दा सबैको साझा सम्मानको पात्र बन्न सुझाएका छन् ।
गृहजिल्ला प्युठानमा पुसको चिसोमा ८७ वर्षको उमेरका बृद्ध नेता मसालको पनि एउटा गुटको भेला गर्दै हिँडेकोमा आफूलाई दया लागेको भन्दै थापाले पछिल्लो पिँढीका कम्युनिस्ट कार्यकर्तालाई मोहन विक्रमको हविगत देख्दा दुःख लागेको बताएका छन् ।
पटक-पटक विभाजन भएको नेकपा मसाल अस्तित्व रक्षाको अन्तिम संकटमा गुज्रिरहेको र अब जोगिने स्थिति नरहेकाले यस्तो राजनीतिबाट सन्यास लिन थापाले मोहनविक्रमलाई आग्रह गरेका हुन् ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology