Logo

२०८३, आश्विन ९गते


images
images

विचार

माओवादी आन्दोलनकै निरन्तरता : जेनजी आन्दोलन

माओवादी आन्दोलनकै निरन्तरता : जेनजी आन्दोलन

images
  • माओवादी आन्दोलनकै निरन्तरता : जेनजी आन्दोलन
    images
    images

    नेपालको राजनीतिक इतिहासमा २००७, २०४६, २०५२ सालमा संचालित १० वर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलन लगायत विभिन्न समय–समयमा भएका आन्दोलनहरुमा युवापुस्ताले परिवर्तनका लागि निर्णायक आन्दोलन गर्ने महत्वपुर्ण भूमिका निर्वाह गरेका छन । तर, २०८२ साल भाद्र २३ र २४ गते नेपालमा भएको ‘जेन जेड पुस्ताको आन्दोलन’ भने विगतका आन्दोलन भन्दा केही फरक प्रकृतिको देखियो । 

    images
    images
    images

    आन्दोलनको आरम्भिक नारा भ्रष्टाचार विरुद्ध केन्द्रित थियो, जुन नेपाली जनताको साझा पीडा र लामो समय देखि राज्यको मूल संरचनामा बसोबास गरेको रोग हो । विडम्बना के भने भ्रष्टाचार विरुद्धको आन्दोलनकै क्रममा निर्दोष बालबालिकाको ज्यान गएको घटनाले समाजलाई स्तब्ध तुल्यायो । आन्दोलनले राज्य शक्तिको दुरुपयोग, सुरक्षा संयन्त्रको कडापन, र राजनीतिक नेतृत्वको अदूरदर्शिता बारे प्रश्न उठाइदियो । तर, आन्दोलनको माग र स्वरूपमा देखिएको परिवर्तनले आन्दोलनलाई हिंसात्मक बाटोतर्फ मोडिदिएको छ ।

    images
    images
    images

    इतिहासका अन्य आन्दोलनहरूमा जस्तो राज्यका सार्वजनिक सम्पत्ति जलाउने, नेताहरू माथि प्रत्यक्ष भौतिक आक्रमण गर्ने, निजी आवास र पार्टी कार्यालयहरूमा आगजनी गर्ने, राज्यको चौथो अङ्गका रुपमा रहेका मिडियाहरु जलाउने जस्ता प्रवृत्ति पहिले यसरी स्पष्ट देखिएको थिएनन् । यसले आन्दोलनको वैधानिकता र जनसमर्थनलाई कमजोर पार्ने खतरा बढाएको छ । तैपनि, युवापुस्ताको मूल माग अन्र्तगत भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, भ्रष्ट्रहरूको सम्पत्ति जफत र कठोर कारबाही, जनताको साझा माग नै हो । यही कारण आन्दोलनलाई राज्यले दमन गर्नेभन्दा पनि संवाद र समाधानको बाटोमा लैजानुपर्ने आवश्यकता थियो ।

    images
    images
    images

    युवापुस्ताले उठाएका मागहरूलाई गहिराइमा गएर अध्ययन गर्दा, ती मागहरू कुनै नयाँ वा अद्वितीय देखिँदैनन् । विगतमा नेकपा (माओवादी केन्द्र) ले बारम्बार उठाएका मुद्दाहरू नै हालका युवाहरूको आन्दोलनको केन्द्रमा रहेका छन् ।

    युवापुस्ताले उठाएका मागहरूलाई गहिराइमा गएर अध्ययन गर्दा, ती मागहरू कुनै नयाँ वा अद्वितीय देखिँदैनन् । विगतमा नेकपा (माओवादी केन्द्र) ले बारम्बार उठाएका मुद्दाहरू नै हालका युवाहरूको आन्दोलनको केन्द्रमा रहेका छन् । माओवादी आन्दोलनको मूल नारा नै राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण थियो, जस अन्तर्गत भ्रष्टाचार अन्त्य, सामाजिक न्याय, जनमुखी शासन व्यवस्था, प्रत्यक्ष जनसहभागिता, र शोषणविहीन समाजको स्थापना प्रमुख एजेण्डा थिए । आजको युवापुस्ताले उठाएका मुख्य मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, भ्रष्ट्रहरूको सम्पत्ति जफत र कारबाही, राजनीतिक दलहरूको नेतृत्वमा नयाँ पुस्ताको प्रवेश जस्ता मागहरु माओवादी आन्दोलनकै निरन्तरता हुन् । 

    विगतमा माओवादीले यही एजेण्डा लिएर दश वर्षे जनयुद्ध ग¥यो, त्यसपछि लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलन ग¥यो, र राज्यका संरचनामा मूलभूत परिवर्तन ल्यायो । तर, संविधान र संरचनात्मक उपलब्धिहरू भए पनि भ्रष्टाचारको मूल जरा उखेल्न नसकिएको कारण आज फेरि युवापुस्ताले सडकमा उत्रिनु परेको हो । यसले देखाउँछ, माओवादीले उठाएका एजेण्डाहरू अझै पनि अधूरा छन् र नयाँ पुस्ताले त्यही मुद्दा आफ्नै तरिकाले निरन्तरता दिइरहेका छन् । यदि हामी व्यवहारिक राजनीतिक समीकरणमा हेर्ने हो भने, युवापुस्ताको आजको आन्दोलनले भविष्यमै माओवादी केन्द्रलाई ठूलो अवसर दिलाउन सक्छ ।

    माओवादी केन्द्रले विगतमा उठाएका मुद्दा र आजका युवाले उठाइरहेका मुद्दाबीच प्रत्यक्ष सम्बन्ध छ । यसले गर्दा युवापुस्ताको असन्तोषलाई सम्बोधन गर्ने सबैभन्दा सक्षम शक्ति माओवादी नै देखिन्छ । यदि माओवादीले युवापुस्तासँग सहकार्य गर्दै भ्रष्टाचार विरुद्धको कठोर कदम चाल्ने प्रतिबद्धता जनायो भने, आगामी निर्वाचनमा बहुमत ल्याउने सम्भावना त्यत्तिकै बलियो रहेको छ । किनभने, अहिलेको प्रमुख मुद्धा विकासभन्दा पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र नेतृत्वमा पिढीगत परिवर्तन हो । युवापुस्ताको आक्रोशले अन्य परम्परागत दलहरूलाई चुनौती दिएको छ । काँग्रेस वा एमाले जस्ता दलहरूलाई पुरानो संरचना र नेताहरूको पकडकै कारण युवापुस्ताले अस्वीकृत गरिसकेका छन बरु, माओवादी केन्द्रले युवाहरूसँग प्रत्यक्ष संवाद गरेर, आफ्ना अधूरा एजेण्डाहरू पूरा गर्ने प्रतिबद्धता प्रस्तुत गरेर, चुनावी मैदानमा गोलबन्द गर्ने क्षमतामा पुग्नुपर्दछ । यसरी हेर्दा, २०८२ सालको आन्दोलनले माओवादी केन्द्रलाई राजनीतिक पुनर्जागरणको अवसर समेत दिन सक्छ ।

    माओवादी केन्द्रले विगतमा उठाएका मुद्दा र आजका युवाले उठाइरहेका मुद्दाबीच प्रत्यक्ष सम्बन्ध छ । यसले गर्दा युवापुस्ताको असन्तोषलाई सम्बोधन गर्ने सबैभन्दा सक्षम शक्ति माओवादी नै देखिन्छ ।

    अन्ततः, प्रश्न उठ्छ - युवापुस्ताको आन्दोलन हिंसात्मक बाटोतर्फ मोडिँदै गएको छ भने, यसको दीर्घकालीन राजनीतिक परिणाम के हुन्छ ? इतिहासले देखाएको छ, हिंसा वा आगजनी मार्फत भएका आन्दोलनहरू दीर्घकालीन संस्थागत रूपान्तरणमा कमजोर हुन्छन् । तर, यदि युवापुस्ताले आफ्ना मागहरूलाई राजनीतिक पार्टीहरू मार्फत संरचनागत रूपमा अघि बढाउन सके भने, त्यो आन्दोलनले मुलुकलाई नयाँ मोड दिनेछ । त्यसैमा माओवादी केन्द्रको भूमिका निर्णायक बन्न सक्छ । माओवादी नेतृत्वको अनुभव, संगठन क्षमता र पहिले उठाएका मुद्दाहरूसँग युवापुस्ताको आजको मागलाई ध्यानमा राख्दा, भविष्यमा माओवादी केन्द्र नै युवापुस्ताको साझा राजनीतिक घरको रुपमा रहने छ । यदि माओवादीले सच्चा रूपमा युवापुस्ताको मागलाई आत्मसात गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएर, पार्टीभित्र र बाहिरका भ्रष्ट्रहरूको सम्पत्ति जफत गर्ने ऐन–नियम कार्यान्वयन गरि पार्टीभित्रै नयाँ पुस्तालाई अग्रस्थानमा ल्याउने हो भने, त्यो केवल माओवादी केन्द्रको मात्र होइन, सम्पूर्ण राष्ट्रको पुनर्जागरण हुनेछ । त्यसो गर्न सकेको खण्डमा, युवापुस्ताले सडकमा उठाएका आवाजहरू संसद र सरकार भित्र प्रत्यक्ष कार्यान्वयन हुनेछन । यसरी, युवापुस्ताको आक्रोशलाई सकारात्मक दिशातर्फ मोड्ने जिम्मेवारी माओवादी केन्द्रको काँधमा आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।