Logo

२०८३, आश्विन १०गते


images
images

पौदी सेभ सोसाइटी जापानको प्रथम अधिबेशन सम्पन्न, सुकुम बचाउ अभियानमा हातेमालो गर्ने

पौदी सेभ सोसाइटी जापानको प्रथम अधिबेशन सम्पन्न, सुकुम बचाउ अभियानमा हातेमालो गर्ने

images
  • पौदी सेभ सोसाइटी जापानको प्रथम अधिबेशन सम्पन्न, सुकुम बचाउ अभियानमा हातेमालो गर्ने
    images
    images

    जापान । पौदी सेभ सोसाइटी जापानको प्रथम अधिबेशन सम्पन्न भएको छ । गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नम्बर १ पौदी अमराइमा बस्ने विशेषगरी कामको सिलसिलामा अहिले जापानमा रहनुहुने सम्पुर्ण वार्डवासी नेपाली दाजु भाइ दिदी बहिनिहरुको उपस्थितिमा टोकियोमा भएको अधिबेशनले अम्मर गिरिको नेतृत्वमा सर्बसम्मत १३ सदस्यीय कार्य समिती निर्माण गरेको छ ।

    images
    images
    images

    जसको वरिष्ठ  उपाध्यक्षमा राजन केसि, उपाध्यक्षमा रेशम गिरी, टीका गिरी र दोर्ण गिरी रहेका छन भने महासचिबमा टोपनारायण पोख्रेल, सचिबमा नारायण गौतम र सह-सचिबमा ईन्द्र मनि मरासिनी चुनिएका हुन । त्यसैगरी कोषाध्यक्षमा कृष्ण खत्री क्षेत्री, सदस्यहरुमा चन्द्रकान्त मरासिनी र दिप्सन थापा रहेका छन ।

    images
    images
    images

    अधिबेशनले डिल्लीराज पोखरेललाई वरिष्ठ  सल्लाहकारमा मनोनित गर्दै टीका गिरी सयोजक रहने गरि ५ सदस्यीय बिधान समिती पनि निर्माण गरेको छ । जसको सदस्यमा अम्मर गिरी, राजन केसि, टोप नारायण पोखरेल र कृष्ण खत्री क्षेत्री रहेको साथै बांकी सल्लाहकार र केही सदस्य पछि थप्ने प्रबक्ता दिप्सन थापाले जानकारी दिए ।

    images
    images
    images

    त्यसैगरी अधिबेशन पछि बसेको पहिलो बैठकले मुसिकोट नगरपालिका वार्ड नम्बर १ पौदीअमराइ निवासी सुकुम श्रेष्ठ क्यान्सर रोगका कारण पिडित रहेको र भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ उनको आर्थिक अबस्था कमजोर भएकोले उनलाइ सहयोग अभियान चलाएर आर्थिक संकलन गरिरहेको मा हातेमालो गर्ने निर्णय गरेको छ ।

    उनको उपचारको लागि "सुकुम श्रेष्ठ बचाउ अभियान" मार्फत रकम सकलन गरिएको थियो । त्यही अभियानमा पौदी सेभ सोसाइटी जापानले हातेमालो गर्न लागेको अध्यक्ष अम्मर गिरीले जानकारी दिए । हाल सम्म देश भित्र र बाहिर करिब ४ लाख बडी रकम जम्मा भैसकेको बताइएको छ ।

    पौदी सेभ सोसाइटीले आगलागी, बाढी पहिरो, दैवीप्रकोप लगायत आर्थिक अबस्था कमजोर भएर उपचार गर्न नसक्ने धेरै जनालाइ सहयोग गर्दै आइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।