Logo

२०८३, आश्विन १०गते


images
images

रिडी बर्दवास रह सडककाे ट्रयाक खाेल्ने तयारी

रिडी बर्दवास रह सडककाे ट्रयाक खाेल्ने तयारी

images
  • रिडी बर्दवास रह सडककाे ट्रयाक खाेल्ने तयारी
    images
    images

    कृष्ण अन्जान,रुरु । पहुँच भएन भने आवस्यकता बनेकाे विकास आयाेजनाले निरन्तरता नपाउँदा विकासकाे अभियान पछि पर्छ । यस्तै एउटा बन्दै गरेकाे सडक पाँच बर्ष देखि अलपत्र र अधकल्चाे रह्याे र फेरी बन्ने तयारीमा छ ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे भट्कुवालाई पक्कि सडक सँग जाेड्ने लिँक राेडकाे रुपमा रिडी बर्दवास मकवादी रह भट्कुवा सडककाे ट्रयाक खाेल्ने तयारी गरिएकाे छ । सडक निर्माणका लागि भट्कुवा वासि जन समुदायकाे भेलाले कमल बहादुर थापाकाे अध्यक्षतामा एघार सदस्यीय सडक निर्माण उपभोक्ता समिति गठन गरिएकाे छ ।

    images
    images
    images


    समितिकाे उपाध्यक्ष सचिव सहसचिव काेषाध्यक्षमा क्रमश कमल बहादुर थापा राम प्रसाद ज्ञवाली माधव प्रसाद ज्ञवाली अर्जुन नर बहादुर खनाल रमी बिक रहनु भएकाे छ । यसैगरी सदस्य हरुमा भिम चन्द बिष्णु बहादुर चन्द सरिता घर्ति मुना घर्ति मेघराज सापकोटा र फर्शुराम नेपाल रहेका छन ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडाध्यक्ष रामलाल बिक र वडासदस्य फर्सुराम ज्ञवालीकाे राेहबरमा सडक निर्माण उपभोक्ता समिति गठन गरिएकाे सचिव माधव प्रसाद ज्ञवालीले अर्जुनले जानकारी दिनु भयाे । २०७३ सालमा माधव प्रसाद ज्ञवाली अर्जुनकाे पहलमा चन्द्र भण्डारी मार्फत साँसद विकास काेषकाे ६ लाख रकमले याे सडक १ किलोमिटर खन्ने काम भएपनि पाँच वर्ष सम्म कुनै बजेट नपर्दा अलपत्र थियाे ।


    याे पटक लुम्बिनी प्रदेशबाट १५ लाख बजेट बिनियाेजन भए सँगै सडककाे ४ मिटर चौडा ट्र्याक खाेल्ने काम शुरु हुने भएकाे छ । करिब पाँच किलोमिटर लामाे याे सडक बने सँगै स्थानिय बर्दिबास मकवादि रह सातमुरे हुँदै भट्कुवा पुग्न सहज बन्ने देखिएकाे छ भने मकवादिकाे दलित बस्तिलाई आवागमनमा सजिलाे र रिडी नजिकैकाे वर्दिवास क्षेत्रमा रिडी बजार बिस्तार हुने सँभावना समेत रहेकाे छ ।


    याे सडक बने सँगै तानसेन रिडी तम्घास पक्कि सडकबाट भट्कुवा पुग्न सबैभन्दा सजिलाे बाटाे बन्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।