Logo

२०८३, आश्विन १०गते


images
images

एमालेले सर्वदलीय बैठक बहिस्कार गर्ने

एमालेले सर्वदलीय बैठक बहिस्कार गर्ने

images
  • एमालेले सर्वदलीय बैठक बहिस्कार गर्ने
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । संघीय संसद्मा जारी अवरोध र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

    images
    images
    images

    एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सर्वदलीय बैठकमा एमाले सहभागी नहुने बताए । सर्वदलीय बैठकबाट आफूहरुको माग सम्बोधन हुन नसक्ने भएकाले सहभागी हुन नसकिने उनले बताए ।

    images
    images
    images

    ‘अहिलेसम्म सर्वदलीय बैठकमा सहभागिका लागि हामीलाई कुनै पत्र आएको छैन् । कुन बिषयमा केका लागि बैठक हो ? भन्ने आधिकारिक सूचना आएको छैन्’ प्रवक्ता गुरुङले भने, ‘सर्वदलीय बैठकको आवश्यक्ता नै छैन् । कांग्रेस र एमालेबीच दुई पक्षीय बैठक वा छलफल भयो भने हामी जान्छौं । एकीकृत समाजवादी, माओवादी केन्द्र सहितको बैठकमा जान आवश्यक नै छैन् ।’

    images
    images
    images

    एमालेले उठाउँदै आएको माग अहिलेसम्म सम्बोधन नभएकाले संसद अवरुद्ध गर्दै आएको छ । पार्टीले कारवाही गरेका सांसदको सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेको आरोप लगाउँदै एमालेले संसद अवरुद्ध गर्दै आएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।