अनिष पन्थी, गुल्मी । मानवको उच्च बिशेषता मानवतालाइ ब्युताउँदै तम्घासस्थित सिद्धबाबा माध्यमिक बिद्यालय तम्घासका बिद्यार्थीले तम्घास बजारमा रहेका बेबारिसे र भोकको पिडामा छटपटिएका घरपालुवा जनावरहरुलाइ खाना खुवाउएका छन।
सिद्धबाबा माविका कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने केही विद्यार्थी र शिक्षकहरु सहभागी भइ उक्त कार्यक्रम गरिएको कार्यक्रमको नेतृत्व गरिरहेका बिद्यार्थी बिकास पुनले बताए ।
भेटेनरी डाक्टर मदन भण्डारीसंगको सहकार्यका खाना खुवाउने मात्र नभई करिब ५० वटा कुकुरलाइ र्याबिज विरुद्धको खोप पनि लगाइएको बिद्यार्थी पुनको भनाइ छ।
बिद्यालयका शिक्षक, बिद्यार्थी र केही स्थानीय व्यक्तिको सहयोगमा उक्त कार्यक्रम समपन्न गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology