Logo

२०८३, आश्विन ११गते


images
images

आजको राशिफल

आज मंसिर २६ गते  आइतवार, सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

आज मंसिर २६ गते  आइतवार, सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

images
  • सेतोमसी सहकर्मी
  • आज मंसिर २६ गते  आइतवार, सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ मंसिर २६ गते आइतबार । तदनुसार १२ डिसेम्बर  २०२१ । श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images


    आजको पञ्चाङ्ग

    images
    images
    images


    वि.सं. मंसिर २६, २०७८ । ई.सं. 12 Dec, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४२ थिंलाथ्व । राक्षस । दक्षिणायन । हेमन्त । आइतवार । मार्ग शुक्लपक्ष । तिथि - नवमी , २४:०८ बजे उप्रान्त दशमी । नक्षत्र - उत्तरभाद्रपदा , २८:२१ बजे उप्रान्त रेवती । योग - सिद्धि , ११:२० बजे उप्रान्त व्यतीपात । करण - वालव १२:०५ बजेदेखि कौलव , २४:०८ बजे उप्रान्त वणिज । चन्द्रराशि - मीन । आनन्दादि योग - स्थिर । दिनमान २५।५४ । सूर्योदय ६:४६ । सूर्यास्त १७:०८ । पञ्चक, पाँगा वैष्णवदेवी यात्रा, धनगढी दुर्गाजाँत, डोटी पोखरी जाँत ।
    आजको राशिफल : 

    images
    images
    images

    मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    मनमा असन्तोष बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धन क्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला । 

    बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला । 

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    पराक्रम बढनेछ । कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    रोजगारी तथा व्यवसायमा घाटा हुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    मन प्रसन्न रहने छैन । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला ।  जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दनि रहेको छ । 

    धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ  । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् । 

    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । 

    कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    काम विग्रने खालको समय छ । आफन्तहरुसंग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    व्यवसाय राम्रो रहने छ । आकस्मिक धनलाभ हुने योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

    राशिफल लेखक :- ज्यो. पं युवराज अधिकारी 
    ज्योतिष परामर्शको लागि :- कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र
    सम्पर्क :- ९८६७३८८३०२ 
    नोट : प्रत्यक्ष परामर्शको लागि बिहान ७ बजे बाट साँझ ६ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।