Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा

कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने

कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने

images
  • कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था तथा शासन समितिको सभापति बनाउने भएको छ । आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरको हो ।

    images
    images
    images

    योसँगै हाल संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेले राजीनामा दिने भएकी छन् । यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । संघीय संसद सचिवालयले समितिको सभापतिको निर्वाचनको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिने समय रहेको छ ।

    images
    images
    images

    सभापति मनोनयनका लागि समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्ने छ । कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ । संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था गरिएकाले बुधबार निर्वाचन हुन लागेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।