Logo

२०८३, श्रावण २७गते


images
images

तीज

तीजको सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली

तीजको सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली

images
  • तीजको सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीज पर्वको शुभकामना दिदै यो पर्व व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको उल्लेख गर्दै यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्-

    images
    images
    images

    तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ। प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो। अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन् । हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ। पछिल्लो समयमा विज्ञानले पनि व्रतले शरीरलाई फाइदा पुर्‍याउँछ भन्ने चर्चा गर्न थालेको छ । संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मंगलमय शुभकामना !

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।