माधव ज्ञवाली,गुल्मी । अखिल नेपाल किसान महासंघ रुरुक्षेत्र गाउँपालिका ५ को अध्यक्षमा केशव राज ज्ञवाली निर्वाचित भएका छन् ।जिल्लाको रुरुक्षेत्र ५ टाहाटिममा सम्पन्न कार्यक्रमबाट ज्ञवाली सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।जसको उपाध्यक्षमा चेतनारायण श्रेष्ठ र सचिवमा खिमबहादुर क्षेत्री चुनिएका छन् ।
महासंघका राष्ट्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य कमलराज श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रेस चौतारी नेपालका प्रदेश सचिब अमृत गिरि , महासंघका गाउँ कमिटी इन्चार्ज तारा ज्ञवाली , नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न.५ का कमिटी अध्यक्ष पदमलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमलराज श्रेष्ठले संसारलाई पाल्ने प्राण दाता कृषक भएको तर तिनै कृषकले म कृषक हुँ भनेर आफुलाई चिनाउन हिनताबोध गर्नुपर्ने स्थिति देशमा भएको बताए। भन्छन् "एउटा शिक्षकले म शिक्षक हुँ भनेर गर्व गर्छ,कर्मचारीले म कर्मचारी हुँ भन्छ र ब्यापारीले म हुँ भन्छ तर कृषकले म कृषक हुँ भनेर भन्न सक्दैन।" प्राण दाता कृषक र कृषि पेशालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने र कृषकलाई सम्मान गर्दै कृषिमा लगानी बढाउनुपर्ने उनले बताए।

कृषकलाई परम्परागत निर्वाह मुखी बाट आधुनिक व्यवसायिक तर्फ आकर्षित गर्नुपर्ने बताउँदै त्यसो खालको एजेन्डा नेकपा एमाले सङ्ग मात्र भएको दावी गरे। कार्यक्रमका अतिथि एवं प्रेस चौतारी नेपाल प्रदेश सचिब अमृत गिरिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले आफु प्रधानमन्त्री भएको बेलामा "समृद्ध देश सुखी नेपाली " भन्ने राष्ट्रिय संकल्प ल्याएको र सोही राष्ट्रिय समृद्धिको एउटा आधार कृषि पनि भएको बताउँदै उनले त्यो भन्दा पहिले यस्तो संकल्प कसैले नल्याएको दावी पनि गरे। कृषिलाई समृद्धिको आधार मानेको पार्टीको नीति भएको र यसलाई अघि बढाउन कृषकको पनि महत्वपूर्ण भुमिका रहेको उनले बताए।
कार्यक्रममा बोल्दै युवा नेता एवं नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न.५ का वडा कमिटी अध्यक्ष पदमलाल श्रेष्ठले किसानले पाउने अनुदानमा बिचौलिया हरुले अनुदान लिने गरेको आरोप लगाए। भन्छन् " असल र वास्तविक किसानले अनुदान एवं सरकारले ल्याएका योजना तथा कार्यक्रम पाउनुपर्छ "।
तिनै किसानहरुको आवाज उठाउन किसान महासंघ अभिभावक भएर रुरु ५ मा पनि आएको उनको भनाइ छ। कार्यक्रममा युवा नेता विरवल पुरी ,चन्द्रकान्त ज्ञवाली लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन नेकपा एमाले रुरुक्षेत्रा गाउँपालिका वडा न.५ का कमिटी सचीव बिमल ज्ञवालीले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology