काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमवार ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज युनियन हाइड्रोको शेयर सबैभन्दा बढी ६.१० प्रतिशतले बढेको छ भने अपर स्याँगे हाइड्रोको शेयर ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै सम्पदा लघुवित्तको शेयर अबैभंदा बढी ४.८१ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २१ करोड ७५ लाख र बुटवल पावरको २० करोड ९५ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology