Logo

२०८३, आश्विन १०गते


images
images

आफ्नो सम्पूर्ण पारिश्रमिक गरिव विद्यार्थीको छात्रबृत्तिमा खर्चिने मनकारी वडाध्यक्ष

आफ्नो सम्पूर्ण पारिश्रमिक गरिव विद्यार्थीको छात्रबृत्तिमा खर्चिने मनकारी वडाध्यक्ष

images
  • आफ्नो सम्पूर्ण पारिश्रमिक गरिव विद्यार्थीको छात्रबृत्तिमा खर्चिने मनकारी वडाध्यक्ष
    images
    images

    काठमाडौं । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भुपेन्द्र खत्रीले पछिल्लो तीन वर्षमा वडाअध्यक्षका रुपमा आफूले पाएको तलब भत्ता सरकारी विधालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गरेर अनुकरणीय कार्य गरेका छन् ।

    images
    images
    images

    आफ्नो वडाभित्र रहेका दुई वटा सामुदायिक विद्यालयका दुई दर्जन बढी विद्यार्थीहरुलाई उनले छात्रवृत्ति प्रदान गर्ने गरेका हुन । उनको वडामा रहेको हरिडिल भूमि माविमा पाँच लाख र जगन्नाथ देवी प्राविमा तीन लाखको अक्षयकोष स्थापना गरेर उनले सो कार्य गर्दै आइरहेका हुन ।

    images
    images
    images

    वर्षेनी सोही अक्षयकोषबाट १२५ जनालाई एक हजारका दरले छात्रवृत्ति र विद्यालय पोशाक वितरण गर्ने गरिएको हो ।

    images
    images
    images


    ‘दुवै विधालयमा मैले तीन वर्षमा पाएको तलब भत्ताको हिसाब गरेर अक्षय कोष स्थापना गरेको छु । कोषबाटबाट वर्षेनी १२५ जना विद्यार्थीले छात्रवृत्ति पाइरहेका छन्,’ अध्यक्ष खत्री भन्छन्, ‘मैले आफ्नो वडामा रहेका गरिब, जेहेन्दार टुहुरा विद्यार्थीका लागि केहि गर्न सकिन्छ कि भनेर यो प्रयास गरेको हुँ ।’

    उनी अब बाँकी दुई वर्षमा जम्मा हुने तलब भत्ता वापतको रकमको हिसाब गरेर ती दुवै अक्षय कोषमा थप्ने बताउँछन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।