दाङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट एक युवक पक्राउ परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरीलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology