काठमाडौँ । भारतको जम्मू कश्मीरमा फेरी बादल फाटेको छ । जम्मु कश्मीरको कठुआ जिल्लाको एक दुर्गम गाउँमा बादल फुटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बादल फुटेपछि आएको बाढीबाट चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको रिपोर्टमा उल्लेख गरिएको छ ।
जानकारी अनुसार, कठुआको सोफेनमा रहेको गुज्जर बस्तीमा पहाड खसेको छ । त्यसमा चार घर पुरिएका छन् । सडकको ८० प्रतिशत भाग बगाएको छ ।
यो घटना गएराती भएको बताइएको छ ।गाउँमा बादल फुटेका कारण बाटो अवरुद्ध भएको छ भने अहिलेसम्म चार जनाको शव निकालिएको छ ।
भारी वर्षाका कारण अधिकांश जलाशयहरूको पानीको स्तर द्रुत गतिमा बढेको छ र उज नदी खतराको चिन्ह नजिक बगिरहेको छ । यसअघि गत साता जम्मु कश्मीरमा बादल फाटेपछि आएको बाढीले ६५ जना भन्दा बढीको मृत्यु भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology