मुग्लिन । तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी रुपमै सुचारु भएको छ ।
आइतबार बिहान करिब ४ बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगासहितको पहिरो जाँदा आवागमन दुईतर्फि नै अवरुद्ध भएको थियो ।
दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएपछि सवारी साधन गन्तव्यमा लागेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology