कृष्ण अन्जान, रुरु । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्माले साेमवार रिडी खेल मैदान र निर्माणाधिन कभर्डहलकाे स्थल गत निरिक्षण गर्नु भएकाे छ ।
गुल्मी जिल्लाकाे विभिन्न कार्यक्रममा भागलिई फर्कने क्रममा मन्त्री शर्माले खेल मैदान र कभर्डहलकाे निरिक्षण गर्दै प्रदेश सरकारकाे तर्फबाट आवस्यक सहयाेग गर्ने वचन बद्दता व्यक्त गर्नु भयाे ।
मन्त्री शर्मालाई खेल मैदान र कभर्डहलका विषयमा रुरुक्षेत्र गाउँपालिका वडा न. १ का वडाध्क्ष रामलाल विकले अवगत गराउनु भएकाे थियाे । निरिक्षणका क्रममा लुम्बिनी प्रदेशका समानुपातिक साँसद गिता थापा , वाई सि एल जिल्ला अध्यक्ष अशाेक श्रेष्ठ रिडीबजारका स्थानिय समाजसेवी चन्द्रलाल कसजु सुरज गुरुँग विजय परियार पत्रकार कृष्ण ज्ञवाली लगाएत रिडीवासि युवाहरुकाे उपस्थिति रहेकाे थियाे ।
यसै बिच रिडी बजारकाे सप्तचण्डी महिला समुहका पदाधिकारी पनि मन्त्री शर्मा र साँसद थापाले भेटघाट गरि सप्तचण्डी महिलाकाे समूह घरकाे पुनर्निर्माण गर्ने वचन वद्दता व्यक्त गर्नु भएकाे हाे । यसैविच स्थानिय द्वन्द्व पिडित परिवारका तर्फबाट पत्रकार कृष्ण ज्ञवालीले द्वन्द्व पछिकाे पारिवारिक अवस्था र राज्य पक्षकाे उपेक्षाका बारेमा मन्त्री शर्मालाई अबगत गराउनु भएकाे थियाे ।
द्वन्द्व पिडित परिवारकाे तर्फबाट पत्रकार ज्ञवालीकाे कुरा सुनेपछि मन्त्री शर्माले याे गम्भीर समस्या रहेकाेले नीति बनाएर सहयाेग गर्न सरकार लागेकाे बताउनु भयाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology