Logo

२०८३, श्रावण २७गते


images
images

साढेंको जुधाइ, बाच्छाको मिचाइमा सामुदायिक विद्यालय

विद्यालय व्यवस्थापन समिती गठनमा असन्तुष्टि जनाउँदै स्थानीयले ध्यानाकर्षण पत्र बुझाए 

विद्यालय व्यवस्थापन समिती गठनमा असन्तुष्टि जनाउँदै स्थानीयले ध्यानाकर्षण पत्र बुझाए 

images
  • सेतोमसी सहकर्मी
  • विद्यालय व्यवस्थापन समिती गठनमा असन्तुष्टि जनाउँदै स्थानीयले ध्यानाकर्षण पत्र बुझाए 
    images
    images

    अनिष पन्थी, रेसुङ्गा । रेसुङ्गाका स्थानीयले विद्यालय व्यवस्थापन समिती गठनको प्रक्रियामा बिरोध जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका छन । उनीहरूले रेसुङ्गा नगरपालिका वार्ड न ९ मा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालय र उक्त विद्यालय रहेको वडा कार्यालयमा एकैसाथ ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    images
    images
    images

    यहि बैशाख ६ गते उक्त बिद्यालयमा बिद्यालय व्यबस्थापन समितिको गठन भइ अध्यक्षमा गणेश श्रीपाली चयन भएका थिए । तर बिद्यालय संस्थापक, चन्ददाता, र बिद्यालयलाइ निरन्तर सहयोग गर्ने कुनै पक्षसङ्ग छलफल नगरि समिती चयन भएको भन्दै स्थानीयले ध्यानाकर्षण पत्र बुझाएका हुन । 

    images
    images
    images

    सामुदायिक बिद्यालयप्रति सरोकारवालाहरुको नकारात्मक दृष्टिकोण उत्पन्न हुन सक्ने र भविष्यमा बिद्यालय संचालनको लागि विभिन्न कठिनाइ समेत उत्पन्न हुन सक्ने असन्तुष्ट पक्षको भनाइ छ । 

    images
    images
    images

    कुनै राजनीति कुरालाई वास्ता नगरि ध्यानाकर्षण पत्र बुझाइएको स्थानीय चन्दादाता नाराण आचार्यले बताए । समिती गठनबारे बुझ्न खोज्दा वडाले मनोनित गरेर पठाएका व्यक्तिबाटै बिद्यालय व्यबस्थापन समितिको चयन गरेको भन्दै यसबारे वडा कार्यालयमा नै बुझ्न बिद्यालयका प्रधानाध्यापक पिंकि भुषालले अनुरोध गरेको आचार्यले बताए ।

    स्थापना कालदेखि प्रा. वि., नि. मा. वि. हुँदै हालको मा. वि. हुँदासम्मका सम्पुर्ण बिद्यालयप्रेमी सरोकारवालाप्रति नकारात्मक दृष्टिकोण उत्पन्न हुन सक्ने र भविष्यमा बिद्यालय संचालनको लागि विभिन्न कठिनाइ समेत उत्पन्न हुन सक्ने स्थानीय  कृष्ण पाण्डेको भनाइ छ । वडामा निर्वाचित जनप्रतिनिधिहरु सबैको सहमत समेत नभइ तानाशाहि निर्णय भएकोले यसको सुनुवाइ नभए आन्दोलनका कार्यक्रम हुने पाण्डेले बताए ।
     
    यसबारे वडा कार्यालयसंग बुझ्दा रेसुङ्गा नगरपालिका वार्ड न ९ का वडा अध्यक्ष नारान बरालले सबै प्रक्रिया अगाडि बढाएर कानुनी रुपमै अघि बढेको र सबैलाइ औपचारिक / अनौपचारिक खबर समेत गरेको बताए । चन्ददाता एवं अभिभावक गणेश श्रीपालीलाई वडाले नै मनोनीत गरेर पठाएको समेत अध्यक्ष बरालले उल्लेख गरे ।
     
    वडा नम्बर ९ का स्थानीय नारायण आचार्य, कृष्ण पाण्डे, लक्ष्मण पन्थी, जिवलाल पाण्डे, गङ्गा देवि पाण्डे, केसरबहादुर थापा, छवि पाण्डे, गणेश बहादुर खत्री, ध्रुव आचार्य लगाएत  करिब १००   घर धुरिका अभिभावक, स्थानीय र चन्ददाताहरुले असहमति जनाउदै ध्यानाकर्षण पत्रमा  हस्ताक्षर गरेका  छन ।received_300823334970814.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।