Logo

२०८३, आश्विन ११गते


images
images

उपप्रमुख निलम्बन

मुसिकोटकी उपप्रमुख एक वर्षका लागि एमालेबाट निष्कासित

मुसिकोटकी उपप्रमुख एक वर्षका लागि एमालेबाट निष्कासित

images
  • मुसिकोटकी उपप्रमुख एक वर्षका लागि एमालेबाट निष्कासित
    images
    images

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठ नेकपा एमालेबाट निलम्बनमा परेकी छन् । जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरी निष्कासन गरेको हो ।

    images
    images
    images

    मुसिकोट नगरपालिकाको प्रमुख उपप्रमुख एमालेबाटै निर्वाचित भएको भए पनि बजेटको बिषयमा श्रेष्ठले असहमति जनाएकी थिइन् । नगरप्रमुखसंग असमति जनाएपछि श्रेष्ठलाई गत असार २९ गते स्पष्टीकरण सोधिएको थियो । उनले ३२ गते लिखित जवाफ दिएकी थिइन् । त्यसअघि उमाले मुसिकोट नगर कमिटीको बैठकले श्रेष्ठलाई सचेत गराउने निर्णय गरेको थियो ।

    images
    images
    images

    तर सचेत गराउँदा पनि श्रेष्ठ गम्भीर नभउको भन्दै नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीका पदिधकारीहरुको बैठकले उनलाई कारबाही गरेको हो । निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम-कारबाही नगर्न भनेको छ । श्रेष्ठले आफ्नो अधिकार खोज्दा कारबाहीमा परेको बताएकी छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।