माधव ज्ञवाली ,गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा परि एकजना घाइते भएका छन् । रिडि बाट तम्घास जाँदै गरेको लु ३३ प ६९७४ नम्बर र बिपरित दिशाबाट आइरहेको स्याङ्जा जिल्ला वालिङ नगरपालिका ४ घर भएका ३६ बर्षिया सागर लुइँटेल सवार लु ७९ प ११०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा एकजना घाइते भएका हुन् ।
दुर्घटना बलेटक्सार बजारको पेट्रोल पम्प नजिकै भएको प्रहरीले जानकारी दिएको छ। घाइते हुनेमा रिडिबाट तम्घास जाँदै गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान चन्द्र शेखर गुप्ता रहेको प्रहरी चौकी श्रृङ्गा गुल्मीले जनाएको छ।
दुर्घटनामा परि घाइते भएका गुप्ताको अवस्था मध्यम रहेको र श्रृङ्गा स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि प्रभास पाल्पा रिफर गरिएको पनि प्रहरीले बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology