Logo

२०८३, श्रावण २७गते


images
images

सिद्धार्थ राजमार्ग

अझै खुलेन पाल्पाको सिद्धार्थ राजमार्ग

अझै खुलेन पाल्पाको सिद्धार्थ राजमार्ग

images
  • अझै खुलेन पाल्पाको सिद्धार्थ राजमार्ग
    images
    images

    बुटवल । पाल्पा खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा गएको पहिरोका कारण सडक अझै पनि अवरुद्ध छ ।

    images
    images
    images

    सोमवार बेलुकीदेखि परेको लगातारको वर्षापछि खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडक खुलाउने प्रयास जारी भए पनि अहिले सम्म सफल हुन सकेको छैन ।

    images
    images
    images

    सडक डिभिजन कार्यालय पाल्पाका अनुसार वर्षा नरोकिँदा पहिरो पन्छाउने कार्यमा कठिनाइ भएको छ । पहिरोले केवल पाल्पा मात्र होइन, गुल्मी, स्याङ्जा हुँदै पोखरा जाने सवारी साधन पनि बाटोमै रोकिएका छन् ।

    images
    images
    images

    प्रहरी र डिभिजन सडक कार्यालयले मौसममा सुधार आएलगत्तै सडक खुलाउने प्रयास तीव्र बनाउने बताएका छन् । यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न तथा वैकल्पिक मार्गको प्रयोग गर्न सुझाव दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिद्धार्थ राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।