Logo

२०८३, श्रावण २७गते


images
images

सिद्धार्थ राजमार्ग दैनिक छ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग दैनिक छ घण्टा बन्द हुने

images
  • सिद्धार्थ राजमार्ग दैनिक छ घण्टा बन्द हुने
    images
    images

    पाल्पा । सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस १६ गतेदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको हो ।

    images
    images
    images

    सिद्धबावा क्षेत्रमा सुरुङ् मार्ग निर्माण गर्न राजमार्ग बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ ।

    images
    images
    images

    बन्दका बेला अत्यावश्यक सवारीसाधनलाई भने संचालनमा रोक नलगाइने प्रजिअ काफ्लेले बताए । सिद्धबाबा सुरुङ् मार्ग निर्माण आयोजना कार्यालयबाट पत्राचार भइ आएकाले योजनाको कामलाई अगाडि बढाउन स्थानीय प्रशासनले सडक बन्द गर्न लागेको हो ।

    images
    images
    images

    सडक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने बताइएको छ । सुरुङ् मार्ग निर्माण गर्दा माथिबाट पहिरो र ढुङ्गाहरू खस्ने भएकाले सडक बन्द गरेर आयोजनाको काम अगाडि बढाउनुपरेको सुरुङ् मार्ग आयोजना कार्यालय बुटवलका प्रमुख रामपुकार जैसवालले बताए ।

    सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको छ । सुरुङ् मार्गको हालसम्म ८ प्रतिशत मात्र काम भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।