Logo

२०८३, श्रावण २७गते


images
images

सडक भासिएपछि सिद्धार्थ राजमार्ग रातिको समयमा ११ घण्टा बन्द हुने

सडक भासिएपछि सिद्धार्थ राजमार्ग रातिको समयमा ११ घण्टा बन्द हुने

images
  • सडक भासिएपछि सिद्धार्थ राजमार्ग रातिको समयमा ११ घण्टा बन्द हुने
    images
    images

    पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ स्थित हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएपछि रातिको समयमा सवारी साधन आवागमन पूर्णरुपमा बन्द गरिएको छ ।

    images
    images
    images

    साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को व्यवस्था नभएसम्म सम्पूर्ण सवारी साधन आवतजावत गर्न बन्द गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । 

    images
    images
    images

    उक्त समयमा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन चलाउनुपरेमा अनुमति लिन आग्रह गरिएको छ ।

    images
    images
    images

    ठूलो पानी परेको वा सडकमा थप क्षति भएको खण्डमा प्राविधिकको रायबमोजिम आकस्मिक रुपमा जुनसुकै समयमा आंशिक वा पूर्णरुपमा सवारी साधनहरु आवतजावत गर्न बन्द गरिने प्रमुख जिल्ला अधिकारी काफ्लेद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    विगत केही दिनदेखिको अविरल वर्षाका कारण हिउँदे खोला खण्डमा सडक भासिएकाले एकतर्फी रुपमा सवारी साधन संचालनमा छ । 

    डाइभर्सनका लागि सडक डिभिजन कार्यालयबाट मर्मतको कार्य भइरहेको छ ।

    सडक अत्यन्तै जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय पाल्पाले आग्रह गरेको हो । 

    अत्यावश्यकीय मालवाहक साधनबाहेकका साधनहरु नचलाउन आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिद्धार्थ राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।