कृष्ण अन्जान, रुरु । प्रतिभा प्राथमिक विध्यालय रुरुक्षेत्र गाउँ पालिका वडा न ३ का शिक्षक व्यवस्थापन समितिसँगै शिक्षक अभिभावक सँघका पदाधिकारीहरु निम्तो लिएर विध्यार्थीका अभिभावक पुर्व विध्यार्थी शुभचिन्तक गाउँका गन्यमान्यहरुका दैलाे दैलाे पुग्दैछन ।
गाउँमा मात्र हाेईन बुटवल, काठमाडौं, पाेखरा र नेपालगँज तिर पनि विध्यालयकाे स्वर्ण महाेत्सवकाे निम्तो बाँड्ने मेलाे जारी छ ।

विक्रम सम्वत २०२४ / ०२५ सालतिरबाट अाफ्ना बालबालिकालाई प्रारम्भिक शिक्षाका लागि साविक गौतमटाेल गाउँ पन्चायतकाे जामुने मा पण्डित दुर्गा प्रसाद ज्ञवालीले चण्डि रुद्रि अमरकाेश लघुकौमुदि पढाउन शुरु गर्नु भयाे । पण्डित दुर्गा दत्त ज्ञवालीकाे याे कदमले शिक्षामा केही चेतना ल्याए सँगै २०२६/०२७ साल तिर गौतमटाेलका अभिभावक हरुले पाेख्रा भन्ने ठाउँमा १०/१५ जना विध्यार्थी जम्मा पारेर सप्ताह गर्न निर्माण गरिएकाे टहराेमा अध्यापन शुरु गरिएकाे हाे ।
विध्यार्थीबाट सँकलित रकमबाट मासिक दुई रुपैयाँ पचास पैसा पाउने गरि थाेर्गाकै व्यक्तित्व शालिकराम ज्ञवाली शिक्षक नियुक्त भै अध्यापन शुरु गर्नु भएकाे इतिहास छ ।
अनौपचारिक रुपमै भएपनि विध्यालय स्थापना भएपछिकाे पहिलाे शिक्षक शालिक राम ज्ञवाली बन्नुभयाे ।
तर २०२७/०२८ मा स्थानिय व्यक्तित्व तथा हाल रुरुक्षेत्र गाउँपालिकाका प्रमुख निलकण्ठ गौतमकाे अथक प्रयासले नेपाल राष्ट्रिय प्रतिभा प्राथमिक स्कुलकाे रुपमा स्वीकृति पाएपछि फल्लेखर्कका दानराज ज्ञवाली शिक्षकमा नियुक्त हुनु भई अध्यापन शुरु गर्नु भएकाे हाे ।
यहि विध्यालयले यतिबेला अाफ्नाे स्थापनाकाे ५० अौँ वार्षिकोत्सब तथा स्वर्ण महाेत्सवका लागि जुटिरहेको छ ।
हामीले विध्यालयकाे ईतिहास जिवन्त राख्नकै लागि याे स्वर्ण महाेत्सवकाे अायाेजना गरेका छौँ । महाेत्सव सफल पार्न यसक्षेत्रका सामाजिक बौद्धिक राजनैतिक व्यक्तित्व पुर्व विध्यार्थी अभिभावकहरुकाे मन देखिकाे सहयाेगले हामीलाई उत्साह थपेकाे छ । प्रतिभा प्राथमिक विध्यालय स्वर्ण महाेत्सव मुल समाराेह समितिका सँयाेजक समेत रहेका विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हुतराज गौतमले बताए ।
हामीले हाम्रा शुभचिन्तकहरुसँग स्वर्ण महाेत्सव सफल बनाउन गरेकाे अपिल प्रति सकारात्मकताका सन्देश पाएक छौँ र देश विदेश का साथै गाउँ घरमा गरि करिब १० लाख भन्दा बढि सँकलन हुने अनुमान गरिएकाे छ र सहयाेग अाउने क्रम जारी रहेकाे अध्यक्ष गौतमले बताए ।
विध्यालयकाे पचासौं वार्षिकोत्सब र स्वर्ण जयन्ती दुई चरणमा गरिने मुल समाराेह समितिका सचिव तथा विध्यालयका प्रध्यानध्यापक लक्ष्मण पन्थीले जानकारी दिए ।
पहिलाे चरणकाे कार्यक्रम यहि मंसिर २९ गते विध्यालय हातामा सरस्वती पुजाका साथै विभिन्न खेलकुदकाे अायाेजना गरिने छ भने पौष १ गते व्यक्तित्व सम्मान अन्तर प्रावि हाजिरी जवाफ चम्चा दौड अभिभावकका लागि समेत खेलकुदकाे अायाेजना गरिएकाे छ ।
यसै गरि पौष दुई गते अौपचारिक कार्यक्रमका साथै साँस्कृतिक कार्यक्रम व्यक्तित्व सम्मान सँगै साँझ दिपावलिकाे कार्यक्रम गरि पहिलाे चरणकाे कार्यक्रम समापन गरिने प्रधानध्यापक पन्थीले बताए ।
यसैगरि दाेस्राे चरणमा स्मारिका प्रकाशन र विमाेचनकाे कार्यक्रम रहेकाे र समयलाग्ने हुँदा २०७९ सालकाे वैशाख १ गते नयाँ वर्षकाे उपलक्ष्यमा गरिने स्थानीय शिक्षाविद तथा अभिभावक सँघका अध्यक्ष समेत रहनु भएका मुल समारोह समितिका सचिवालय सदस्य ज्ञानेश्वर ज्ञवालीले जानकारी दिए ।
यतिवेला मुल समाराेह समिति सबै प्रकारले लागेकाे र गाउँमा निम्तो बाँडेर बुटवल काठमाडौं सम्मकाे यात्रा तय गरि फर्किएकाे छ ।
स्थापना काल देखि शैक्षिक गुणस्तर कायम राख्दै अाएकाे याे विध्यालय यस क्षेत्रकाे सुविधा सम्पन्न अव्वल दर्जाकाे विध्यालयकाे रुपमा परिचित छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology