चितवन । नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध चयन भएका छन्।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय सकिएपछि यी पदमा निर्विरोध भएको हो।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल तथा उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका हुन्। अध्यक्षमा केपी ओली र डा. भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल तथा सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology