Logo

२०८३, आश्विन १०गते


images
images

रोट्रयाक क्लब अफ बुटवल चौतारीद्वारा गुल्मीमा शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण

रोट्रयाक क्लब अफ बुटवल चौतारीद्वारा गुल्मीमा शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण

images
  • रोट्रयाक क्लब अफ बुटवल चौतारीद्वारा गुल्मीमा शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण
    images
    images

    माधव ज्ञवाली, गुल्मी । रोट्रयाक क्लब अफ बुटवल चौतारीले गुल्मीमा  शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण  गरेको छ । जिल्लाको  रुरुक्षेत्र गाउँपालिका  को हरि स्मृति प्रा.वि.र पद्मा प्रा.वि.मा अध्ययन गर्ने साना बालबालिकाहरुलाई क्लबले एक औपचारिक कार्यक्रमको बिच शैक्षिक सामग्री र स्विटर वितरण गरेको हो।

    images
    images
    images


    रोट्रयाक क्लब अफ बुटवल चौतारीका अध्यक्ष सुवास नेपालको अध्यक्षता रहेको कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न.५ का वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो।

    images
    images
    images

    received_1732683327079042.jpeg
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले आफ्नो पकेट खर्च कटौती गरि पवित्र उदेश्यका साथ रुरुक्षेत्रका यी विद्यालयलाई शैक्षिक सामाग्री वितरणको लागि छनोट गरेकोमा क्लबलाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा क्लबको  यस्तै रचनात्मक कार्यको लागि हौसला प्रदान गरे।

    images
    images
    images


    कार्यक्रममा स्थानीय समाजसेवी, विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक, क्लबका संस्थापक अध्यक्ष लक्ष्मण श्रेष्ठ  तथा पदाधिकारी लगायतको उपस्तिथि रहेको थियो।

    क्लबका उपाध्यक्ष विदुर ज्ञवालीको शुभकामना मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम संयोजक रोशन ज्ञवालीले कार्यक्रमको बारे प्रकाश पारेका थिए। 

    कार्यक्रमको संचालन क्लब सर्भिस डायरिक्टर सुमित पराजुलीले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।