कृष्ण अन्जान, रुरु । गुल्मी जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका ३ फेक्लदि रिपका गिरीराज पाेख्रेलकाे घरकाे यतिबेला चर्चा छ । उनकाे घरमा पालेकाे भैँसिले जुम्ल्याहा पाडापाडी जन्माए पछि चर्चा मात्र चलेकाे छैन कि हेर्न जानेकाे भिड नै लागेको छ ।
पहिलाे वेत व्याएकाे भैँसिले एउटा पाडाे र एउटा पाडी पाएकाे छ । पाडापाडी अहिले पनि तन्दुरुस्त रहेकाे हेरेर फर्केका अर्जुन ज्ञवालीले बताए ।
गाउँघरमा बाख्राले तीन चारवटा पाउनुलाई त सामान्य मानिन्छ तर भैँसिले जुम्ल्याहा बिरलै मात्र पाउने हुँदा पाडापाडी हेर्न जानेकाे घुँईचाे छ ।
शुक्रवार राति गिरीराज पाेख्रेलकाे भैँसिले जुम्ल्याहा पाडापाडी जन्माएकाे थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology