Logo

२०८३, श्रावण २७गते


images
images

माओवादी केन्द्रको स्थायी कमिटी सोमबार सकिने : आजको बैठकमा के के भयो ?

माओवादी केन्द्रको स्थायी कमिटी सोमबार सकिने : आजको बैठकमा के के भयो ?

images
  • माओवादी केन्द्रको स्थायी कमिटी सोमबार सकिने : आजको बैठकमा के के भयो ?
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकिएको छन् ।

    images
    images
    images

    शुक्रवारदेखि जारी रहेको स्थायी कमिटी बैठकमा अब उपाध्यक्ष र महासचिवले बोल्न बाँकी रहेको र बैठक सोमवार सकिने उपमहासचिव बर्षामान पुनले जानकारी दिए । आजको बैठकमा उपमहासचिव जनार्दन शर्माले स्पष्ट कुरा राखेको बताउदै सबैले आ-आफ्नो जिम्मेवारी लिनुपर्ने बताएको पुनले बताए ।

    images
    images
    images

    आजको बैठकमा १९ जनाले आफ्नो धारणा राखेको उपाध्यक्ष एवम प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । आजको बैठकमा बोल्ने धेरै जसो सदस्यले प्रचण्डको नेतृत्व आवश्यक रहेको धारणा राखेको सापकोटाले बताए ।   

    images
    images
    images

    आजको बैठकमा बोलेका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको आरोप लगाएका थिए । उनले प्रचण्डका कारण संघीयताको स्वामित्व लिन नसकेको र पहिचानको मुद्दा छोडेको तथा वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकताका कारण पार्टीलाई ठुलो नोक्सान भएको बताएका थिए ।

    यसैबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ति गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको आजको स्थायी कमिटीको बैठक सकेर बाहिरिने क्रममा प्रचण्डले छोटो प्रतिक्रिया दिदै पार्टीमा जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्नुपर्ने बताएका हुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले भने- 'अहिले छलफल चलिरहेको छ । जसले गल्ति गर्यो त्यसले आत्मालोचना गर्ने कुरा हो ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।