काठमाडौँ । प्रहरीले ललितपुर र पर्साबाट हत्याको आरोपमा एक एक जनालाई पक्राउ गरेको छ ।
आफ्नै ३४ वर्षीया श्रीमती हत्या गरेको अभियोगमा ललितपुरको गोदावरी नगरपालिका-१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-८ घर भएका ४६ वर्षीय पुरुषलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै आफ्नै २४ वर्षीया श्रीमतीको हत्या गरेको अभियोगमा पर्साको जिराभवानी गाउँपालिका-५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले वादविवादको क्रममा कुटपिट गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology