Logo

२०८३, आश्विन २०गते


images
images

बागमती प्रदेश : संसदीय दलको नेताका लागि बानियाँको मनोनयन दर्ता

बागमती प्रदेश : संसदीय दलको नेताका लागि बानियाँको मनोनयन दर्ता

images
  • बागमती प्रदेश : संसदीय दलको नेताका लागि बानियाँको मनोनयन दर्ता
    images
    images

    हेटौडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँले मनोनयन दर्ता गरेका छन् ।  मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेताको चयन आज हुन लागेको हो ।

    images
    images
    images

    यसैक्रममा बानियाँले यांकिला शेर्पालाई प्रस्तावक र कृष्णकुमार तामाङलाई समर्थक राखेर मनोनयन दर्ता गरेका हुन् ।

    images
    images
    images

    निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको मनोनयन दर्ता ११ बजेसम्म हुनेछ भने उम्मेदवारको प्रारम्भिक नामावली  ११: ३० बजे प्रकाशित गरिनेछ र उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।

    images
    images
    images

    संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । 

    संसदीय दलको नेता चयन गर्न कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । साथै निर्वाचन समितिमा प्रदेश सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसदीय दल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।