लोक प्रसाद छन्त्याल,वामी। बागलुङ जिल्ला बढिगाड गाउपालिका वडा नम्बर ४ कि मिना काउछा करिब एक महिना देखि वेपत्ता छिन । तीस वर्षिय मिना काउछा कार्तिक १७ गते बिहान ८ बजे देखी वेपत्ता भएकि पारिवारिक स्राेतले बताएकाे छ ।
भाइटीका लगाउन हिँडेकि महिला काहाँ छन भेटिएकि छैनन् । बढिगाड २ हाँडीखोला जान हिँडेकाे मिनाकि आमा बलि काउछाले बताईन ।
मानसिक सन्तुलन कमजाेर भएकी मिना काउछाकाे अवस्था अज्ञात भएपछि परिवार चिन्तामा परेकाे उनकी भाउजु रिमा छन्त्यालले बताईन । धेरै दिन नफर्के पछि आमा मिनालाई लिन आउँदा मात्रै उनी बेपत्ता भएकाे बताईन्छ । बेपत्ता मिनालाई जहाँतहिँ खाेज्दा नभेटेपछि प्रहरीले प्रहरी र सन्चार कर्मी सँग सहयोग मागेको छ ।
परिवारले प्रहरी कार्यलय खर्वाङा रिपोर्ट गरेकाे छ । परिवार जन ले मिनालाई कहिँ कतै देखे नजिकैकाे प्रहरी चौकिमा खवर गरिदिन आग्रह गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology