कृष्ण अन्जान,रुरु। नेपाली काँग्रेसकाे बहुचर्चित प्रदेशसभा गुल्मी १ काे क्षेत्रिय अधिवेशनले यसक्षेत्रका शालिन व्यक्तित्व पारेश्वर ढकाल खसेकाे मतकाे दुई तिहाई भन्दा बढि मतले क्षेत्रिय सभापतिमा बाजि मारेका छन । खसेकाे नौसय बत्तिस मत मा ढकालले ६ सय २७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी मुक्ति कँडेल मात्र २ सय ६५ मतमा समेटिएका छन ।
नेकपा एमालेकाे गढलाई ताेड्दै गत स्थानिय निर्वाचनमा गुल्मीकाे सत्यवति गाउँ पालिकाकाे प्रमुखमा निर्वाचित भएका ढकाल नेपाली काँग्रेसका पपुलर नेता मानिन्छन् । नेपाली काँग्रेसमा गुट उपगुटकाे आउनु हुन्न भन्ने विचार राख्ने ढकालकाे प्राप्त मतलाई हेर्दा पार गुल्मी र वार गुल्मी बाट नेपाली काँग्रेसकाे निर्वाचन क्षेत्र १ काे सभापतिमा पारेश्वर ढकाललाई शानदार मत परेकाे छ ।
यसै गरि पदाधिकारी हरु मध्ये सचिव पदमा माधव प्रसाद ढकाल ४ सय ६१ र मार्कण्ड भण्डारीले ४ सय ३६ मत प्राप्त गरि विजयी भएका छन ।पराजित हुने सचिवका उम्मेदवार हरुले कमल भुषालले २ सय ८९ र घनस्याम न्यौपानेले ४ सय १३ मत पाएका छन । सहसचिवमा मधुसूदन ज्ञवालीले ४ सय ४९ र डिल्ली राज पाण्डेले ३ सय ९० मत प्राप्त गरि बिजयी भएका छन ।
यसै गरि कार्यसमितिको खुल्ला सदस्यमा भिमलाल न्यौपाने विकाश टण्डन र हरिप्रसाद कँडेल विजयी भएका छन । राति नौ बजे सम्म भएकाे मतदान पछि मध्यरातबाट मत गण्ना शुरु भएकाे थियाे । कार्यसमितिकाे मत परिणाम सार्वजनिक भएपछि यतिबेला महाधिवेशन प्रतिनिधिकाे मत गणना शुरु भएकाे छ ।
अदृस्य रुपमा गुटगत प्यानलमा उम्मेदवार उठाईएकाे र निर्वाचन क्षेत्रकाे पदाधिकारीकाे परिणाममा देखिएकाे परिदृष्यले महाधिवेशन प्रतिनिधि भित्र पनि अदृष्य प्यानलकाे परिदृष्य देखिने आँकलन गरिएकाे छ ।यधपी महाधिवेशन प्रतिनिधि हरुकाे मतगणना भने जारी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology