काठमाडौं । चर्चित कोरियोग्राफर तथा चलचित्र निर्देशक रेनाशा बान्तवा राईले इलामबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन् । उनले कांग्रेसको १४औं महाधिवेशन प्रतिनिधिका लागि इलाम क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी हुन् ।
उनको घर इलामको चुलाचुली गाउँपालिका-४ आइतबारे हो । उनी जन्मथलो पुगेर चुनाब लडिरहेकी छिन् । कलाकारहरु धमाधम राजनीतिमा प्रवेश गरिरहँदा रिनशाको पनि राजनीतिक डेब्यु भएको छ ।
‘गाउँ समाजको परिवेश र समाजसेवा गर्ने उद्देश्यले मलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गर्यो’ उनले भनिन्, ‘गाउँ र जिल्लालाई केही योगदान गर्नेछु भन्ने उद्देश्य छ ।’
रेनाशा निर्देशित फिल्म ‘आइएम ट्वान्टी वान’ रिलिजको तयारीमा छ भने ‘इन्टुमिन्टु लन्डनमा’ लकडाउनअघि रिलिज भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology