लोक छन्त्याल,वामी। गुल्मी जिल्लाकाे वामी टक्सार बजारका नेवार समुदायले लामो समय देखि मनाउदै आएको परम्परागत सँस्कृति थुसेमुसे प्रदर्शन गरिएकाे छ।
बैकुण्ठ चतुर्दशि र पुर्णिामाको दिन पौराणिककाल देखी थुसेमुसे प्रदर्शन गर्दैआएका छन् । मानव जातिले विभिन्न अन्नबाली उत्पादन गरि खाने गरेकोले सम्पुर्ण उत्पादित अन्नबाट भैरवको प्रतीक स्वरुप बनाइ प्रदर्शन गर्ने गरिन्छ ।
भैरवको स्वरुप बनाउदा करिब ५ पाथी भुटेकाे मकै,भटमास, केराउ,मास,चामल, तील, चना, केरा, सुन्तला, बदाम, सिल्टुङ सेबि, सिलाम आदिको गेडागुडीबाट भैरव देवताको प्रतीक स्वरुप मुर्ति बनाउने गरिएको छ।
अन्न सबैलाई मिलोस घरमा सधै सह रहोस् भन्ने कथन रहेको नेवापुजका अध्यक्ष मोहन श्रेष्ठले बताउनु भयो। उक्त अवसरमा दीप प्रज्वलन भजन किर्तनका साथै स्थानीय कुमाल समुदायको भैलो साेरठी प्रदर्शन पनि गरिएकाे थियाे भने त्रिपरा सुन्दरी माइ भगवती मन्दिरमा पुजा गरि रोटीका परिकारहरु चदाउदै अन्त्यमा विभिन्न गेडागुडिबाट निर्मित भैरवको प्रतीक स्वरुपको प्रसाद बनाई खाने र बाढ्ने गरिन्छ ।
करिब २५० बर्ष देखि मनाउदै आएको यो परम्परा यस अघि घर घरमा भैरव प्रदर्शनी गर्ने गरेको स्थानिय अग्रज रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो। लोपोन्मुख भएपछि सयुक्तरुपमा मन्दिरको प्रागणमा यो थुसेमुसे प्रदर्शन गरिन लागेकाे हाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology