काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल अन्तर्गत जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल सुदूरपश्चिम प्रदेश समितिले जागरण एवं संगठनात्मक अभियान आयोजना गरेको छ । समितिले मंसिर ४ देखी १२ गते सम्म उक्त्त अभियान संचालन गर्नेछ ।
समितिले सुदूरपश्चिमका नौ वटै जिल्लाहरुमा जागरण एवं संगठनात्मक अभियान गर्न लागेको हो । जातिय विभेद बिरुद्ध छरिएर रहेका सम्पूर्ण न्यायप्रेमी, जात व्यस्था विरोधि जनसमुदायलाई संगठनात्मक रुपले एकतावद्ध गरि विभेद विरुद्ध सक्रिय बनाउन जात व्यवस्था उन्मूलन जागरण एवं संगठनात्मक अभियान – २०७८ संचालन गर्न लागिएको प्रदेश समितिले जनाएको छ ।
जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजना हुने उक्त अभियानमा जात व्यवस्था उन्मूलन मोर्चा, नेपालका केन्द्रीय सचिव एवम् लोकप्रिय कार्यक्रम बहकिने मनका प्रस्तोता, मुक्तककार महावीर विश्वकर्माको पनि उपस्थिति रहने जनाईएको छ।
जागरण एवं संगठनात्मक अभियानमा सम्पूर्ण न्यायप्रेमी, जात व्यस्था विरोधि जनसमुदायलाई सुदूरपश्चिम प्रदेश समितिले उपस्थितिको लागि आह्वान समेत गरेको छ ।
समय,स्थान र सम्बन्धित सहित कार्यक्रमको ढाँचा
१.शनिबार, ४ मंसिर, ११ बजे – धनगढी, कैलाली (उद्घाटन)
सम्पर्क – रवि नेपाली ( ९८६५८३५८०३)
२.आइतबार, ५ मंसिर, १ बजे ( पिपल्ला बजार, डोटी)
सम्पर्क – नरेन्द्र विक ( ९८४०६१४३७५)
३.सोमबार, ६ मंसिर, १२ बजे ( मंगलसेन, अछाम)
सम्पर्क – प्रकाश विश्वकर्मा (९८१४६१९३५५)
४.मंगलबार, ७ मंसिर, १ बजे ( मार्तडी, बाजुरा)
सम्पर्क – प्रेम बिक ( ९८६८४४७२९७)
५.बुधबार, ८ मंसिर, २ बजे ( डडेल्धुरा)
सम्पर्क – तिर्थ नेपाली ( ९७४६४४८९२५)
६.बिहिबार, ९ मंसिर, १२ बजे ( चैनपुर, बझाङ)
सम्पर्क – गोविन्द्र सुनार ( ९८६६५५२४९७)
७.शुक्रबार, १० मंसिर, १२ बजे ( पाटन, बैतडी)
सम्पर्क – ध्रुवकिरण भुल ( ९८६५८८४२९७)
८.शनिबार, ११ मंसिर, १ बजे ( खलंगा, दार्चुला)
सम्पर्क – रोमन बोहरा ( ९८४८५७९९५२)
९.आइतबार, १२ मंसिर, १ बजे ( महेन्द्रनगर, कञ्चनपुर (समापन)
सम्पर्क – विजय विश्वकर्मा ( ९८५५०१५०५५)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology