Logo

२०८३, आश्विन १०गते


images
images

पुनम अर्यालद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा, यस्तो छ अर्यालको राजनीतिक यात्रा

पुनम अर्यालद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा, यस्तो छ अर्यालको राजनीतिक यात्रा

images
  • पुनम अर्यालद्वारा  महाधिवेशन प्रतिनिधिमा  उम्मेदवारी घोषणा, यस्तो छ अर्यालको राजनीतिक यात्रा
    images
    images

    गुल्मी। नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा गुल्मी क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा अनिषा अर्याल (पुनम)ले उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समय देखि गुल्मीमा रहेर काँग्रेसको राजनीतिमा सक्रिय रहेकी अर्यालको राजनीतिक यात्रा यस्तो रहेको छ ।

    images
    images
    images

    राजनीतिक यात्रा

    images
    images
    images

    उनको राजनीतिक यात्रा हाल गुल्मीको मुसिकोट नगरपालिकाबाट सुरु भएको थियो । गुल्मीको मुसिकोट नगरपालिका वामिटक्सार स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयमा वि.स.२०४३ देखि नेपाल विद्यार्थी संघको सक्रिय राजनीति गर्दै वि.स. २०४६ मा नेपाल विद्यार्थी संघ को सदस्यमा विजयी अनिषा अर्याल (पुनम) २०४७ सालको चुनावमा मुसिकोट नगरपालिका हाल वडा नम्बर २ मा नेपाली काङ्ग्रेसलाई १ मतको अन्तरले विजयी गराउन अहम भूमिका समेत निर्वाह गरेकी थिइन् । 

    images
    images
    images

    वि.स. २०५१ सालको चुनावमा पनि जन्म घर छोडी कर्म घरमा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा खटेकी थिइन् । वि.स.२०६९ सालमा हाल मालिका गाउँपालिका वार्ड न ८ को महिला विकास समितिको अध्यक्ष भई विभिन्न किसिमका तालिमहरू सञ्चालन गराउन र ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

    स्थानीय तहमा महिलाहरूको नेतृत्व विकास गराउन सफल नेतृत्व भूमिका निर्वाह गर्दै ५ वर्ष देखि एउटै ट्वाइलेटमा बास बस्दै आएकी बेवारिसे ३ सन्तानकी आमा ज्ञानी परिवारलाई ओझेलका खबर मार्फत विभिन्न ठाउँ बाट रकम उपलब्ध गराई घर जग्गा किनेर व्यवस्थापन गराउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

    नेपाली काङ्ग्रेस ११ औँ अधिवेशनमा क्रियाशील बनेर आफ्नो क्षेत्रमा सामाजिक कार्यमा अग्रसर हुँदै नेपाली काङ्ग्रेस १२ औँ अधिवेशनमा क्षेत्रीय सदस्य भई गुल्मी क्षेत्र न २ मा काम गरेकी थिइन् । अर्यालले नेपाली काङ्ग्रेसको १३ औँ अधिवेशनमा जिल्ला सदस्यमा विजयी भई अग्लुङ्ग देखि अरवेनि सम्म ५० दिने अभियानमा खटेर काम गरेकी थिइन् ।

    उनले आम महाधिवेशन प्रतिनिधि, मतदाता,अग्रज नेताहरू र प्रतिनिधिहरूलाई आफूले उम्मेदवारी घोषणा गरेको बताएकी छिन् । साथै, काँग्रेस नेता तथा कार्यकर्ताहरुले विजय गराउने उनको विश्वास रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुनम अर्याल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।