कृष्ण अन्जान, रुरु । रुरुक्षेत्र गाउँपालिकाकाे ग्वादि थाेर्गा क्षेत्रमा लगाईएका अकबरे खुर्सानी खेतीबाट किसानहरुले मनग्ये आम्दानि गरेका छन ।
रुरुक्षेत्र २ ग्वादीका युवा किसान चिरन्जिवी अर्याल यसक्षेत्रका व्यवसायीक खुर्सानी उत्पादक किसान हुन । उनले ग्वादि गाउँकाे पुर्ख्यौली बारि डमक्कै खुर्सानीले ढाकेका छन र वार्षिक राम्राे अाम्दानि गर्छन । अर्यालले इलामेलि अकबरे खुर्सानी खेति गरेका छन र याे खुर्सानीले उत्पादन पनि गतिलै दिन्छ ।
पाेहाेर साल रुरुक्षेत्र १ काे च्यूरेककाे माटाे याे खुर्सानी हुन्छ कि हुन्न भनेर परिक्षणकाे रुपमा उनै चिरन्जिवी अर्याल कहाँ वाट ल्याएर लगाएका खुर्सानि च्यूृरेकका कृष्ण ज्ञवालीकाे बारीमा पनि लपक्कै फलेकाे छ ।
परिक्षण गर्न सयवटा बिरुवा लगाएकाेमा असि वटा बिरुवा जागेका छन र जेठमा लगाएका खुर्सानी बाेटमा राम्रै फलेपछि इलामेली अकबरे खुर्सानीलाई च्यूृरेककाे माटाे उपयुुक्त देखिएकाे ज्ञवालीले बताए ।
हरेक हप्ता सात देखि अाठ किलाे सम्म खुर्सानी टिपेर बेच्ने गरेकाे च्यूरेकका कृष्ण ज्ञवालीले बताए ।
यहि खुर्सानी ग्वादीका चिरन्जिवि अर्यालले हप्ताकाे क्विन्टल भन्दा बढि बिक्री गर्दै अाएका छन ।
च्यूरेक गाउँकाे माटाे पनि याे खुर्सानिका लागि उपयुक्त भएकाले याे वर्ष एक हजार बाेट खुर्सानी लगाउने तयारी रुरुक्षेत्र गाउँ पालिका १ का कृष्ण ज्ञवालीकाे छ भने च्यूृरेककै अाेम ज्ञवालीले पनि एकहजार बाेट इलामेली अकबरे खुर्सानी लगाउने तयारी गरेका छन ।
त्यसाे त रुरुक्षेत्र ३ फेकलदिका लेखनाथ गौतम ३ काे माझगाउँ पँदेरापारीका अर्जुन ज्ञवाली रुरुक्षेत्र १ च्यूरेकका मित्र ज्ञवाली परमानन्द ज्ञवाली सँगै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम पनि व्यवसायीक रुपमा यतिबेला खुर्सानी खेतिमा सँलग्न छन ।
यतिबेला याे खुर्सानीका बजार मुल्यमा एकरुपता छैन । किसानहरुबाट अकबरे खुर्सानी खरिद गरिरहेकाे पैँचाे पसलले गतवर्ष दुई सय पचासमा खरिद गरेकाे खुर्सानी याे वर्ष दुई सय देखि घट्दै प्रतिकिलो एकसय साठिमा खरिद गरिरहेकाे छ भने यहि खुर्सानी स्थानीय बजारमा तिनसय र बुटवलमा प्रतिकिलाे चारसयमा बिक्री भईरहेकाे छ ।
मुख्य रुपले किसानले उत्पादन गरेकाे कृषिजन्य उत्पादनलाई पैँचाे पसलले गाउँबाटै उठाईदिने हुनाले किसानहरु खुर्सानी उत्पादन तर्फ अाकर्षित भएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology