Logo

२०८३, श्रावण २७गते


images
images

हितेन्द्रदेवका सय दिन : भन्छन्, वितरण प्रणालीमा सुधार, भारत र बंगलादेशमा विद्युत् निर्यात बढ्यो

हितेन्द्रदेवका सय दिन : भन्छन्, वितरण प्रणालीमा सुधार, भारत र बंगलादेशमा विद्युत् निर्यात बढ्यो

images
  • हितेन्द्रदेवका सय दिन : भन्छन्, वितरण प्रणालीमा सुधार, भारत र बंगलादेशमा विद्युत् निर्यात बढ्यो
    images
    images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मंगलवार सार्वजनिक गरेको कार्यप्रगतिमा भारत र बंगलादेशमा विद्युत् निर्यात बढाइएको तथा प्रसारण र वितरण प्रणालीमा उल्लेख्य सुधार गरिएको उल्लेख छ ।

    images
    images
    images

    यस बाहेक २०८१ असोजमा आएको बाढीले क्षति पुगेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मत सम्पन्न गरी २०८२ असार १२ गतेदेखि पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको र सय दिनभित्र विभिन्न जलविद्युत् तथा सौर्य आयोजनाबाट कुल ७८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएको उल्लेख छ ।

    images
    images
    images

    त्यस्तै बंगलादेशसँगको सम्झौताअनुसार जुलाई १५ देखि नियमित रूपमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरिएको छ भने भारततर्फ पनि औसतमा दैनिक ६२५ मेगावाट विद्युत् निर्यात भइरहेको उल्लेख छ ।

    images
    images
    images

    साथै यस अवधिमा १०४ सर्किट किलोमिटर नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएको र विभिन्न क्षमताका नयाँ सबस्टेसनहरू निर्माण तथा स्तरोन्नति गरी प्रणालीमा ५८६.५ एमभीए क्षमता थपिएको तथा भोल्टेज सुधारका लागि ११० एमभीएआर बराबरको क्यापासिटर बैंक जडान गरिएको छ ।

    काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन स्युचाटारस्थित डिस्ट्रिब्युसन कन्ट्रोल सेन्टरबाट २४ सै घण्टा अनुगमनको व्यवस्था मिलाइएको सय दिनको काममा उल्लेख छ ।

    लामो समयदेखि विवादित डेडिकेटेड र ट्रंक लाइन महसुलको समस्या समाधानको बाटोमा गएको छ। यसका लागि पुनरावलोकन समिति गठन गरी काम अघि बढाइएको छ। वित्तीय तरलता व्यवस्थापनका लागि अर्थ मन्त्रालयबाट १० अर्ब अल्पकालीन ऋण र प्रणाली विस्तारका लागि २० अर्बको ऋणपत्र जारी गर्न सहमति प्राप्त भएको छ।

    ठूला ग्राहकका लागि केन्द्रीकृत भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) परीक्षणको अन्तिम चरणमा रहेको र प्रणालीको गुणस्तरबारे जानकारी दिन ग्राहकका लागि 'इन्फ्रास्ट्रक्चर क्वालिटी एप तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै प्राधिकरणले वर्तमान अवस्था र भविष्यको मार्ग चित्र देखाउने पाँच विषय ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत, नविनतम उपायहरुबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्याङ्क तथा मानवस्रोत व्यवस्थापन रहेका छन् ।

    ऊर्जा सुरक्षा र विश्वसनीय विद्युतका लागि प्राधिकरणले  कुलेखानी सिनेरी १०० मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यताका लागि लाइसेन्स आवेदन गरिएको, हुलिङटार दुम्किम ४९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाब्यता अध्ययन सम्पन्न गरी सम्भाव्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरिएको, उत्तरगंगा जलविद्युत आयोजना र अपर अरुण जलविद्युत आयोजनाको लाइसेन्स प्रक्रिया अगाड बढाइएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हितेन्द्रदेव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।