Logo

२०८३, आश्विन १०गते


images
images

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरुद्दमा गुल्मीमा बिरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरुद्दमा गुल्मीमा बिरोध प्रदर्शन

images
  • पेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरुद्दमा गुल्मीमा बिरोध प्रदर्शन
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध  प्रदर्शन गरेको छ ।

    images
    images
    images

    अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिका  कमिटीको आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा विरोध प्रदर्शन भएको  हो  । बलेटक्सार बजारमा एमालेका  युवा नेता सङ्गै अनेरास्ववियुका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    नेकपा एमाले जिल्ला कमिटी सदस्य चक्रपाणी गौतमको प्रमुख आतिथ्यतामा सो पर्दर्शन कोण सभामा परिणत भएको थियो। कोण सभामा अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिका इन्चार्ज आशिष गौतम,नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि चक्रपाणी गौतम, चिरञ्जीवी ज्ञवाली लगायतले मन्तव्य राखेका थिए। बिरोध पर्दर्शनलाई रास्टृय युवा  संघ रुरुक्षेत्र गाउँ कमिटीले पनि सहयोग गरेको थियो। कोण सभाको  संचालन अनेरास्ववियु रुरुक्षेत्र गाउँपालिका सह इन्चार्ज रन्जित ज्ञवालीले गरेका थिए।

    images
    images
    images

    बिरोध प्रदर्शनमा विद्यार्थीहरुले "मूल्य वृद्धि रातारात।मिलेमतो ५ दलको। उठिबास जनताको।" "भ्रष्टाचारी सरकार राजिनामा दे।" "नाफा घाटा जान्दैनौ, मुल्यबृद्दी मान्दैनौ।" जस्ता नाराहरु लगाएर पर्दर्शन गरेका थिए। बलेटक्सार बजारमा करिब डेढ घण्टा  बिरोध प्रदर्शन गरिएको  थियो। करिब १ घण्टा यातायातका साधनहरुलाई आवतजावतमा रोक लगाइएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।