Logo

२०८३, आश्विन ११गते


images
images

गाउँघर

दैलाे लिप्ने माटाे लिन २० किलोमिटरको यात्रा, रातोमाटाे र कमेराे मै हुरुक्क गुल्मेली चेली

दैलाे लिप्ने माटाे लिन २० किलोमिटरको यात्रा, रातोमाटाे र कमेराे मै हुरुक्क गुल्मेली चेली

images
  • सेतोमसी सहकर्मी
  • दैलाे लिप्ने माटाे लिन २० किलोमिटरको यात्रा, रातोमाटाे र कमेराे मै हुरुक्क गुल्मेली चेली
    घर पोत्दै एक चेली / फाईल फोटो
    images
    images

    कृष्ण अन्जान, गुल्मी । गाउँले जीवन सबैलाइ आ-आफ्नै टन्टाे । वस्तु भाउलाइ घाँस - दाउरा, मेलापात खेतीपातीकाे पिरलाे उस्तै । कहिले वालि लगाउने त कहिले थन्क्याउने पिरलाे ।

    images
    images
    images


    यहि पिरलाेभित्र रुरुक्षेत्र ५ टाहाटिमका एक हुल आमा, दिदीबहिनीहरु रिडी मास्तिर रातामाटमा भेटिए । 

    images
    images
    images

     

    images
    images
    images

    यी आमा दिदी बहिनीहरुलाइ पनि अाफ्नै टन्टाे थियाे । गाउँले जीवनमा आमा दिदी बहिनीकाे पहिलाे काम हुन्छ दैलाे कुचाे । यहि दैलाे लिप्ने माटाे लिन उनीहरु टाहाटिमबाट  करिब २० किलोमिटर टाढा रुरु क्षेत्र १ काे रातामाटा पुगेका हुन ।


    "गाउँतिर पनि राताेमाटाे त छ तर खन्न पाइँदैन । खन्न गयाे भने माटाे चाेरेकाे भन्छन । त्यसैले हामी त बर्षेनी यहिँ अाउछम ।" उमेरले ३ विस कटेकी अामा विष्णु पुरीले भन्नुभयाे ।

    Dashain-and-Colorful-House-or-Village-1-500x350.jpg
    टाहाटिमसम्म बस चल्न थालेपछि रातामाटाकाे माटाे गाउँसम्म लान सजिलाे भएकाे छ । स-साना बाेरामा भरेका करिव ३० बाेरा माटाे बसमा चढाउँदै टाहाटीमकि निर्मला पुरीले भन्नुभयाे - "केलाइ गाउँमा माटाे खन्दा कसैकाे कुरा सुन्नु पर्याे ! खुरुक्क यहिँ अाया लयाे"


    रातामाटाबाट लाने माटाे पनि टाहाटिमका अामा दिदि बहिनीहरुले सित्तैमामा भने लगेका छैनन । "एक बाेरा माटाेकाे साठी रुपैयाँ पर्छ । गाडिले टाहाटिम पुर्याएकाे किलाकाे १ रुपैया लिन्छ । त्यसमाथि अाफ्नाे भाडा समेत जाेड्दा माटाे महँगै पर्छ । त्यैपनि उता कुरा सुन्न भन्दा महँगै परेपनि यहिँ अाएर लाने गरेका छौँ ।" - बिजुला गिरीले भन्नू भयाे ।


    रुरुक्षेत्र १ काे रातामाटा क्षेत्रमा पाइने माटाे गेरु जस्तै राताे मात्रै छैन, लेसाइलाे पनि भएकाले गाउँघरका अामा दिदी बहिनीहरुकाे राेजाइमा यहाँकाे माटाे परेकाे छ ।


    त्यसाे त यहाँकाे माटाे पनि सार्वजनिक त हैन । कसैकाे बारीबाट खनेर लानु पर्छ तर सम्माे जग्गामा खन्न पाइने हुनाले सुरक्षित पनि छ ।

    नेपालमा धेरै अामा, दिदीबहिनीहरुले माटाे खन्दा ढिस्काले पुरिएर ज्यान गुमाउन परेका घटना हरेक वर्ष सुनिन्छन । अामा, दिदीबहिनीले खतरै माेलेर पनि दैलाे लिप्न, घर राम्राे बनाउन माटाे र कमेराे लिनजाने चलन अझै राेकिएकाे छैन ।

    received_308384647547835.jpeg
    गाउँका अामा दिदीबहिनिलाइ लिप्ने माटाेले ठुलाे महत्त्व राख्छ । "हाम्रो पहिलाे काम नै दैलाे लिपेर सूरु हुन्छ अनि माटाेकाे जाेहाे नगरि भएन" टाहाटिमकि सीता गिरीले भन्नुभयाे ।


    गाउँ घरमा अझैपनि परम्परावादी घरहरुछन ती घरहरुकाे सुन्दरता लपक्क माटाे र कमेराले लिपेपछि झल्किने हुँदा गाउँ घरका अामा दिदी बहिनीहरु माटाे र कमेराेमा हुरुक्कै बन्न छाडेका छैनन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।