Logo

२०८३, कार्तिक २५गते


images
images

उन्नतभन्दा रैथाने राम्रो : साेँठे र लाेर्के आलुमा कृषक आकर्षित, एकै गाउँले बेच्छ ८० लाखको आलु

उन्नतभन्दा रैथाने राम्रो : साेँठे र लाेर्के आलुमा कृषक आकर्षित, एकै गाउँले बेच्छ ८० लाखको आलु

images
  • सेतोमसी सहकर्मी
  • उन्नतभन्दा रैथाने राम्रो : साेँठे र लाेर्के आलुमा कृषक आकर्षित, एकै गाउँले बेच्छ ८० लाखको आलु
    images

    कृष्ण अन्जान, गुल्मी ।  गुल्मीकाे पुर्विभेगमा याढुँगकाे अालु लाेकप्रिय छ  । यतिवेला याढुँगका फाँटहरुमा धान काट्ने थन्काउने काम शुरु भएकाे छ र कार्तिककाे अन्तिम तिर खेत र बारिमा डमक्कै अालु लगाउने तयारी याढुँग वासिले गरेका छन ।

    images
    images
    images


    साविक ग्वादि गाउँ विकास समितिकाे वडा ५ र पछिल्लो पटक रुरुक्षेत्रकाे वडा न २ ग्वादीकाे कालिगण्डकिकाे तटिय क्षेत्रमा रहेकाे याढुँग गाउँ सताव्दियाैँ देखि अालु खेतिका लागि प्रसिद्ध छ ।
       
      
    पहिले स्थानीय जातकाे सेताे अालु लगाउने र अन्नसँग अालु साट्ने गरेकाे याढुँगका पुराना  अालु कृषक डिल बहादुर कुँवर बताउँछन् । थाेर्गा, भट्कुवा, ग्वादि सँगै स्याङ्जाकाे कारिकाेट, किपट पाल्पाकाे कुसेनि लगायतका क्षेत्रबाट यहाँ अन्न बाेकेर अालुसँग साट्न अाउने गरेकाे सम्झना गर्छन  किसान डिल बहादुर ।

    images
    images
    images


    समयकाे माग सँगै यसक्षेत्रका किसानहरु परम्परागत कृषि प्रणाली बाट व्यवसायीक आलु खेती तर्फ माेडिए । खेतबारीमा रैथाने अालुकाे बीउ प्रयाेग गर्दै अाएका याढुँगका किसानहरुले उन्नत जातका अालुका विउहरु लागाउन थालेपछि अालु उत्पादन बढेकाे याढुँगका युवा किसान रामु कुँवरले बताए ।

    images
    images

        
    यतिबेला याढुँग गाउँका किसानकाे बारी साेँठे र लाेर्के राताे जातकाे अालुले छपक्कै ढाकेकाे छ ।
        

    करिव ८० घरधुरी रहेकाे याे गाउँमा सबैले अालुकाे खेति गर्छन र वार्षिक ७० देखि ८० लाख सम्मकाे अालु विक्रि हुने गरेकाे किसान रामु कुँवरले जानकारी दिए ।


    त्यसाे त गतवर्ष स्थानिय तहले किसानलाई अालु खेतिकाे प्राविधिक तालिम सहित टिपिएस जातकाे अालुकाे बीउ वितरण गरेपनि उक्त बीउ काे उत्पादन याढुँग गाउँमा न्यून भएकाे र सफल नभएकाे किसानहरुकाे भनाइ छ ।


    लाेर्के राताे र साेँठा जातकाे अालु एक राेपनिमा १५ देखि २० क्विन्टल  फल्ने गरेकाे तर सरकारले व्यवस्थापन गरेकाे टिपिएस जातकाे अालु राेपनीमा मात्र १ देखि २ क्विन्टल फलेपछि अालुकाे बीउ परिवर्तन गर्नु परेकाे कृषक हुम बहादुर कुवँर भन्छन ।
       
       
    मुख्यतया बीउ र मल यसक्षेत्रका अालु किसानकालागि उपलब्धताकाे समस्या रहेकाे र लकडाउनकाे समयमा  मल ४ हजार रुपैया क्विन्टलसम्म किन्न किसान बाध्य भएकाे याढुँगका अालु किसानले बताए ।
        
       
    कालिगण्डकी करिडाेरकाे  रिडी रुद्रवेणि सडक खण्डकाे नजिकै पर्ने याडुँग क्षेत्र अालु उत्पादनकाे पकेट क्षेत्रकाे रुपमा विकास हुँदै छ भने स्थानिय स्वाद पस्कने गरि याढुग बासिहरुले हाेमस्टे सन्चालनकाे तयारी समेत शुरु गरेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।