Logo

२०८३, आश्विन १०गते


images
images

रुरु एफ एम १४ औं बर्षमा प्रवेश 

रुरु एफ एम १४ औं बर्षमा प्रवेश 

images
  • सेतोमसी सहकर्मी
  • रुरु एफ एम १४ औं बर्षमा प्रवेश 
    images
    images

    कृष्ण अन्जान, रुरु । गुल्मीकाे पुर्वि क्षेत्रमा सबैभन्दा बढि सुनिने रेडियाेमा  रुरु एफ एम लाई लिईन्छ ।
    त्यतिमात्र हाेईन याे एफ एमले गाउँ घरमा रेडियाे सुन्नु पर्छ भन्ने सँस्कृतिकाे समेत विकास गरेकाे छ ।

    images
    images
    images

     सदरमुका भन्दा बाहिर स्थापित रुरु मल्टि मिडिया प्रा.लि छत्रकोट गाउपालिका ४ श्रृङ्गा गुल्मीद्धारा संचालित रुरु एफ एम ९४.८ मेगाहर्जले आफ्नो संचार यात्राको १३ बर्ष पुरा गरेको छ । 

    images
    images
    images

    भाषा कला र संस्कृतिको प्रचार ,गाउँ गाउँमा सुचना र संचार भन्ने नाराका साथ २०६५ कत्तिक १३ गते बाट प्रसारण सुरू गरि स्थापित रुरु एफ एम, ५०० वाट क्षमतामा गुल्मी जिल्ला संगै छिमेकि जिल्लाहरु अर्घाखाँची ,पाल्पा ,बाग्लुङ्ग,प्युठान ,रोल्पा ,स्याङ्गजा, कपिलबस्तु,रुपन्देहीका केहि भाग लगायतका करिव १५ भन्दा धेरै जिल्लाहरुमा सुन्न सकिन्छ ।  

    images
    images
    images

    एफ एमले विभिन्न समाचारमुलक ,शिक्षामुलक, जनचेतनामुलक र विभिन्न साङ्गगितिक कार्यक्रमहरु प्रसारण र संचालन गर्दै आएको छ । 
       
    आफ्नो १४ औं बर्ष प्रवेशको अवसरमा रेडियो संचालन समितिका अध्यक्ष एवम रेडियोका व्यवस्थापक युगराज बस्यालले शुभकामना सन्देश व्यक्त गर्दै सम्पुर्ण श्रोता,विज्ञापनदाता,शुभचिन्तक,पत्रकार लगायत सम्पुर्णलाई साथ र सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै आगामी यात्रामा पनि साथ र सहयोगको अपेक्षा गरे ।

        चाैध बर्षमा प्रवेश संगै  रेडियोले आफ्नो प्रविधिमा सुधार गरी अझ धेरै श्रोताहरुको बिचमा पुग्ने र आवाज विहिन हरुको आवाजलाई अझै उठाउने तयारी गरेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।