कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि बाँकेमा एक साता लकडाउन हुने भएको छ ।
वैशाख ९ गतेदेखि लकडाउन गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । जिल्ला कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले हाललाई एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।
पहिलो चरणमा एक साता लकडाउन गर्ने निर्णय गरिए पनि आवश्यकता अनुसार लम्ब्याउन सकिने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए।