रेशम अधिकारी सुनवल । सुनवल नगरपालिका वडा ७ मा नेपालीहरूको महान पर्व तिहारको अवसरमा विशेष सांगीतिक उत्सव कार्यक्रम हुने भएको छ ।
चारपाला युवा क्लबको आयोजनामा यहीँ कार्तिक १५ गते शनिबार चारपाला खेल मैदानको प्राङ्गणमा कार्यक्रम हुने आयोजकले जनाएको छ । समाजमा रहेको कला संस्कृति, भाषाहरूलाई संरक्षण र गाउँ भित्रको प्रतिभाहरूलाई अवसरको रुपमा प्रदान गर्ने उद्देश्यले २०७८ सालको दशैँ, तिहार, नेपाल सम्वत् मध्यनजर गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्दै भाइचाराको सम्बन्ध, आत्मीय सद्भाव कायम गर्दै मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको क्लबको अध्यक्ष आसन लामा तामाङले बताए ।
सांस्कृतिक कार्यक्रमको प्रमुख आकर्षणको रुपमा लोक तथा दोहोरी गायक प्रकाश सपूत, द भोइस अफ नेपाल ३ कि उपविजेता तारा श्रीस, गायक डोलराज बार्हघरे, बिष्णु श्रीपाली, मेख सारुँ, कमल बि सी तस्तै गायक तथा डान्सर किशोर थापा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ साथै कार्यक्रममा डिजे अतुलको प्रस्तुति सँगै सोरठी नाच र छमछमि कला केन्द्र प्रस्तुति रहने छ ।
कार्यक्रमको सञ्चालन भने नारायण बिपीले गर्ने कार्यक्रमका सूचना तथा प्रसार विभागको संयोजक सुमन पाण्डेले सेतोमसीलाइ जानकारी दिए ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology