Logo

२०८३, आश्विन १०गते


images
images

कालिगण्डकी करिडाेर सुचारु गर्ने प्रयास जारी, दुई जेसीभी निरन्तर काम गर्दै

कालिगण्डकी करिडाेर सुचारु गर्ने प्रयास जारी, दुई जेसीभी निरन्तर काम गर्दै

images
  • सेतोमसी सहकर्मी
  • कालिगण्डकी करिडाेर सुचारु गर्ने प्रयास जारी, दुई जेसीभी निरन्तर काम गर्दै
    images
    images

    कृष्ण अन्जान, रुरु । विहीवार भिषण पहिराे झरेपछि अवरुद्द कालीगण्डकी करिडाेरकाे तालदाेमाई रुद्रवेणि सडक खण्ड अझै सुचारु हुन सकेकाे छैन । रुरुक्षेत्र २ याढुँग देखि तलकाे भैलि खाने डाँडाे सडकमा खसेपछि विहिवार देखि अवरुद्द सडक अझै नखुलेकाे इलाका प्रहरी कार्यालय रिडीका इन्चार्ज समेत रहेका प्रहरी निरिक्षक शुभराज बमले जानकारी दिए ।

    images
    images
    images


    कालिगण्डकी करिडाेरमा कन्ट्रक्सनकाे काम गरिरहेकाे सगुन कन्ट्रक्सनले दुईवटा जेसिभिकाे प्रयाेग गरि अवराेध हटाउने काम गरेपनि ठुला डाँडै खसेर सडक अवरुद्द भएकाले शुक्रवार पनि सडक सुचारू हुन नसक्ने देखिएकाे प्रहरी निरिक्षक बमले बताउनु भयाे ।

    images
    images
    images


    अविरल वर्षा पछि आएकाे पहिराेले सडक अवरुद्द हुँदा दशैँ मनाएर फर्किने यात्रुहरु अफ्ट्यारोमा परेका छन् ।

    images
    images
    images


    बागलुङको बुर्तिवाँग ढाेरपाटन, राेल्पा, वामि शान्तिपुरतिरबाट आएका सवारी साधनहरु बैकल्पिक बाटाे प्रयाेग गरि मिर्मी तिरबाट गन्तव्य तर्फ गएका छन भने पश्चिम जाने सवारिसाधन हरु तम्घास हुँदै गएकाे पाईएकाे छ ।


    कालिगण्डकी करिडाेरकाे रिडी रुद्रवेणी सडक खण्डमा अत्यधिक भिर र बलौटे माटाे भएका कारण पनि हिउँदमा समेत धुले पहिराे जानाले पटक पटक सडक अवरुद्द हुने गरेकाे छ ।

     

    यसै गरि यहि करिडोरकाे रिडी नजिकै विष्णु पन्जर देखि तल पटक पटक पहिराे जाँदा वस्ति समेत जाेखिममा परेकाे छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।