Logo

२०८३, आश्विन ९गते


images
images

प्रलेस लुम्बिनीले प्रगतिशील साहित्यिक आन्दोलनलाई सशक्त बनाउने

प्रलेस लुम्बिनीले प्रगतिशील साहित्यिक आन्दोलनलाई सशक्त बनाउने

images
  • प्रलेस लुम्बिनीले प्रगतिशील साहित्यिक आन्दोलनलाई सशक्त बनाउने
    images
    images

    लमही । प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल लुम्बिनी प्रदेशले प्रगतिशील साहित्यिक आन्दोलनलाई अझ सशक्त र संगठित बनाउने उद्घोष गरेको छ । शनिवार  लमहीको सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानमा सम्पन्न बैठकले विचार, सृजनशीलता र संगठनात्मक संरचनालाई केन्द्रमा राख्दै आगामी यात्राको रूपरेखा तयार पारेको जनाइएको छ ।

    images
    images
    images

    बैठकले आगामी तीन वर्षका लागि साहित्य गोष्ठी, बहस, सृजनात्मक लेखन अभिवृद्धि, प्रशिक्षण र संगठन विस्तारलगायतका कार्यक्रम तय गरेको अध्यक्ष  डा. मुरारी पराजुलीले जानकारी दिए । सर्जकलाई सक्षम र संगठनलाई सबल बनाउने उद्देश्यले विविध तहमा अभियानहरू सञ्चालन गरिने पराजुलीले बताए ।

    images
    images
    images

    तेस्रो अधिवेशनपछि बसेको पहिलो बैठकले सल्लाहकार नियुक्ति गरेको छ ।  जसमा पद्मप्रसाद शर्मा, केशव थापा, पंकज कुमार श्रेष्ठ, दलबहादुर गुरुङ, डा. हरिप्रसाद भण्डारी र शशिराम कार्की रहेका छन्। त्यस्तै, रिक्त सदस्यका रूपमा छविलाल पाठक, गुरुप्रसाद कुमाल ‘बुलबुल’ र हरिप्रसाद जोशीलाई चयन गरिएको जनाइएको छ ।

    images
    images
    images

    डा. मुरारी पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिना र सदस्य रामप्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रलेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।